राजनीति


भक्तपुरबाट एमालेको उद्घोष: सिंहदरबार, संसद् र अदालत जलाएको बिर्सेका छैनौँ, बिर्सने छैनौँ'

भक्तपुरबाट एमालेको उद्घोष: सिंहदरबार, संसद् र अदालत जलाएको बिर्सेका छैनौँ, बिर्सने छैनौँ'

महाधिवेशनलाई सम्बोधन गर्दै केपी शर्मा ओली


नेपालखबर
मंसिर २७, २०८२ शनिबार १४:२४, काठमाडौँ

नेकपा (एमाले)ले देशका प्रमुख राष्ट्रिय धरोहरहरू– सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउने घटनामा संलग्नहरूलाई कहिल्यै नबिर्सिने र माफी नदिने कठोर उद्घोष गरेको छ।

भक्तपुरको सल्लाघारीमा जारी पार्टीको एघारौं महाधिवेशनको उद्घाटन समारोहमा एमालेले गत भदौ २४ गतेको विध्वंशमा संलग्नहरूलाई लक्षित गर्दै यस्तो चेतावनी दिएको हो।

अध्यक्ष केपी शर्मा ओलीले समारोह उद्घाटन गरेलगत्तै एक विशेष भिडियो प्रस्तुति गरिएको थियो। उक्त भिडियोमार्फत एमालेले जलेको संसद् भवन, खरानी बनाइएको सिंहदरबार र न्यायको मन्दिर जलाइएको घटनालाई पार्टीले कहिल्यै नभुल्ने दृढता व्यक्त गरेको हो।

भिडियोमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भनिएको छ, 'सम्झनुहोस्, जलेको हाम्रो न्यायको मन्दिर। सम्झनुहोस्, बलेको हाम्रो संसद् भवन। सम्झनुहोस्, खरानी बनाइएको हाम्रो सिंहदरबार। जलाइएको सिंहदरबार बिर्सेका छैनौं, बिर्सने छैनौं।'

१. ईश्वर पक्षको विरोधपछि रोकिए ओली, १९ जना पदाधिकारी बनाउने प्रस्ताव फिर्ता

२. एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि

३. रिमोटबाट दीप प्रज्वलन, तीन किलोमिटर परसम्म सुन्न सकिनेछ भाषण

४. एमाले महाधिवेशनस्थलमा बम डिटेक्टर र कुकुरसहित प्रहरी परिचालन

५. एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि

६. पूर्वराष्ट्रपति भण्डारीले भनिन् : परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन्

७. एमाले महाधिवेशन: भक्तपुरमा आज यसरी गरिएको छ सवारी रुट व्यवस्थापन

८. यस्तो छ भक्तपुरमा एमालेको महाधिवेशन तयारी (भिडिओ)

९. महाधिवेशनस्थल प्रवेश गर्न घुइँचो, तात्यो माहोल (तस्बिरहरू)

१०. नाच्दै गाउँदै सल्लाघारी (तस्बिरहरू)

११. सुनिता डंगोल: मिस नेवा हुँदै उपमेयर भइन्, मनोनित भएर अब केन्द्रीय सदस्यतर्फ

१२.  एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि

१३. मनोनीत १०८ महाधिवेशन प्रतिनिधिप्रति पोखरेल पक्षको असहमति

१४. स्विच थिचेर ओलीले उद्घाटन गरे एमालेको एघारौँ महाधिवेशन

१५. खरानीको थुप्रोबाट उठ्नेछौँ भनेर संकल्प गरेका थियौँ, आजको सभाले जवाफ दियो : पोखरेल

१६. काठमाडौँ-भक्तपुर-बनेपा रुटमा सवारी आवागमन सामान्य

१७. आउँछु भनेका प्रचण्डले एमाले महाधिवेशनको सभामा पठाए देव गुरुङ

१८. राजाले जस्तै असंवैधानिक सरकारले संसद्को हत्या गर्‍यो : मनोज भट्ट

१९. नयाँलाई पालो दिने भन्दै उम्मेदवार नबनेका उपत्यकाका तीनै जिल्ला अध्यक्ष महाधिवेशन प्रतिनिधि मनोनीत

२०. ओलीले भने- एमाले अजम्बरी छ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad