नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छान्न चुनाव हुँदा नयाँलाई पालो दिने भन्दै उम्मेदवार नबनेका काठमाडौँ उपत्यकाका तीनै जिल्लाका पार्टी अध्यक्ष अन्तत: प्रतिनिधि बनेका छन्।
एमालेका काठमाडौँ अध्यक्ष दीपक निरौला, ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य र भक्तपुर अध्यक्ष बच्चन देउजालाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरिएको हो।
काठमाडौँ र ललितपुरमा मतदानबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको थियो भने भक्तपुरमा सर्वसम्मति भएको थियो।
त्यतिबेला तीनै जिल्ला अध्यक्षले अरूलाई पालो दिने भनेर प्रतिनिधि छनोट प्रक्रियामै सहभागी भएका थिएनन्।
तर एमालेको विधानमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने प्रावधान छ। जसअनुरूप १०८ प्रतिनिधि मनोनयन गर्ने क्रममा उनीहरू पनि परेका हुन्।
मनोनीत कोटाबाट महाधिवेशन प्रतिनिधि बनेका तीन जिल्ला अध्यक्षमध्ये निरौला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकट हुन् भने आचार्य र देउजा अध्यक्ष केपी शर्मा ओली पक्षका हुन्।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राजाहरूले जस्तै सुशीला कार्की नेतृत्वको सरकारले जनप्रतिनिधि संस्था संसद्को हत्या गरेको आरोप लगाएका छन्।
नेकपा (एमाले)को एघारौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै महासचिव भट्टले जेनजी आन्दोलनका नाममा संसद्को हत्या गरिएको जिकिर गरेका हुन्। ‘जेनजी आन्दोलनको नाममा असंवैधानिक सरकार गठन भयो। त्यो सरकारको निसानामा संसद् पर्यो,’ भट्टले भने।
यो सरकरको पहिलो निर्णय जनजीविकाका सवालमा नभएर संसद्को हत्या गर्ने भएको आरोप लगाए। ‘असंवैधानिक सरकारको पहिलो काम भयो संसदको हत्या गर्नु,’ भट्टले थपे, ‘जसरी राजा महेन्द्रले संसदको हत्या गरेका थिए, राजा ज्ञानेन्द्र संसद्को हत्या गरेका थिए, त्यसरी नै सुशीला कार्की नेतृत्वको सरकारको काम भयो संसद्को हत्या गर्नु।’
एकआपसको लडाईँ र द्वन्द्वका कारण अरुले मौका पाएको उनको भनाइ थियो। ‘हाम्रो लडाइँ र द्वन्द्वको परिणाम छिमेकीले खेल्ने मौका पाए। छिमेकीहरूले अराजकता मच्चाउने मौका पाए। यो महाधिवेशनले कुन कुन ठाउँमा हामी चुक्यौँ, समीक्षा गर्नुस्,’ उनले भने।
सरकारमा रहेका दलले काम नगर्दा समस्या आएको उनको भनाइ थियो। ‘२०६३ सालमा गणतन्त्र आएपछि हाम्रै हातमा त सत्ता छ। तर, हामी फ्रान्सका गणतन्त्रवादीजस्ता भयौँ, मिलेर गणतन्त्र ल्यायौँ आपसमा लड्यौ र यही गणतन्त्र कमजोर भयो,’ भट्टले भने, ‘जेनजी आन्दोलनमा निसाना कसलाई बनाइयो? गणतन्त्रदी शक्तिका कार्यालयहरू। जेनजी आन्दोलनको नाममा प्रहारको निसाना कसलाई बनाइयो नेताहरूलाई। त्यसबाहेकका कुनै शक्तिलाई घुनपोतलो लगाउने काम भयो? भएन।’
त्यसैले एमालेको महाधिवेशनले कहाँनेर हामीले गल्ती ग¥यौँ भन्ने कुारको समीक्षा गर्ने उनको भनाइ थियो। ‘कहाँनेर हामीले शासकीय स्वरुपमा कमजोरी ग¥यौ? कहाँनेर जनजीविकाको सवालमा कमजोरी ग¥यौँ समीक्षा गर्नुस्,’ उनले भने।
नेकपा एमालेको महाधिवेशनमा सुभकानाका लागि निम्तो पाएका नेपाली कम्युिनस्ट पार्टीको संयोकज पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन्।
एमाले नेताहरुका अनुसार प्रचण्डले आउने बचन दिएका थिए। तर, उनले एमाले कार्यक्रममा देव गुरुङलाई पठाएका हुन्।
प्रचण्ड भने नेपाली कम्युनिस्ट पार्टीको सुर्खेतमा आयोजित एकता सभामा सहभागी भएका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वीच थिचेर एघारौं महाधिवेशन उद्घाटन गरेका छन्।
ओलीले स्वीच थिचेपछि दोस्रो विधान महाधिववेशनले पारित गरेबमोजिमको रातो पृष्ठभूमिमा सुनौलो हसियाँ हथौथा सहितको सुन्दर झण्डा माथि पुगेर फरफराएको छ। नेता तथा कार्यकर्ताले ताली बजाएर स्वागत गरेका छन्।
योसँगै एमालेको एघारौँ महाधिवेशन औपचारिक रुपमा सुरुवात भएको छ। कार्यक्रम सञ्चालक उपमहासचिव प्रदीप ज्ञवालीले सबैलाई गडगडाहट ताली बजाएर हर्षाैउल्लास मनाउन आग्रह गरेका थिए। त्यससँगै उद्घाटन स्थलमा उपस्थित हजारौँ एमालेका कार्यकर्ताले ताली बजाएका थिए।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको जग्गामा एमालेका हजारौँ नेता, कार्यकर्ता तथा शुभेच्छुक उपस्थित भएका छन्। देशका विभिन्न भागबाट आएका महाधिवेशन प्रतिनिधिसँगै कार्यकर्ता सांस्कृतिक झाँकीसहित महाधिवेशन स्थल पुगेका थिए।
१. ईश्वर पक्षको विरोधपछि रोकिए ओली, १९ जना पदाधिकारी बनाउने प्रस्ताव फिर्ता
२. एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि
३. रिमोटबाट दीप प्रज्वलन, तीन किलोमिटर परसम्म सुन्न सकिनेछ भाषण
४. एमाले महाधिवेशनस्थलमा बम डिटेक्टर र कुकुरसहित प्रहरी परिचालन
५. एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि
६. पूर्वराष्ट्रपति भण्डारीले भनिन् : परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन्
७. एमाले महाधिवेशन: भक्तपुरमा आज यसरी गरिएको छ सवारी रुट व्यवस्थापन
८. यस्तो छ भक्तपुरमा एमालेको महाधिवेशन तयारी (भिडिओ)
९. महाधिवेशनस्थल प्रवेश गर्न घुइँचो, तात्यो माहोल (तस्बिरहरू)
१०. नाच्दै गाउँदै सल्लाघारी (तस्बिरहरू)
११. सुनिता डंगोल: मिस नेवा हुँदै उपमेयर भइन्, मनोनित भएर अब केन्द्रीय सदस्यतर्फ
१२. एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि
१३. मनोनीत १०८ महाधिवेशन प्रतिनिधिप्रति पोखरेल पक्षको असहमति
१४. स्विच थिचेर ओलीले उद्घाटन गरे एमालेको एघारौँ महाधिवेशन
१५. खरानीको थुप्रोबाट उठ्नेछौँ भनेर संकल्प गरेका थियौँ, आजको सभाले जवाफ दियो : पोखरेल
१६. काठमाडौँ-भक्तपुर-बनेपा रुटमा सवारी आवागमन सामान्य
१७. आउँछु भनेका प्रचण्डले एमाले महाधिवेशनको सभामा पठाए देव गुरुङ
१८. राजाले जस्तै असंवैधानिक सरकारले संसद्को हत्या गर्यो : मनोज भट्ट
Shares

प्रतिक्रिया