काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको ११औँ महाधिवेशन प्रतिनिधिमा मनोनित भएकी छिन्।
शुक्रबार बसेको एमाले सचिवालय बैठकले कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधि चयन गर्दा डंगोलले स्थानीय विकास विभाग क्लस्टर बाट स्थान पाएकी हुन्।
यो मनोनयनले एमालेमा युवा, लोकप्रिय र गैरराजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तित्वलाई पार्टीको सर्वोच्च निकायमा स्थापित गर्ने स्पष्ट सन्देश दिएको छ।
सुनिता डंगोलको एमाले राजनीतिक यात्रा रोचक मोडहरूबाट गुज्रिएको छ। राजनीतिक वृत्तमा आउनुअघि उनी 'मिस नेवा २०११'की विजेता समेत हुन्।
केन्द्रिय सदस्यतर्फ सुनिता
सुनिता डंगोललाई महाधिवेशन प्रतिनिधि मनोनित गरिनुले एमालेको आन्तरिक जीवन र छविलाई थप बल पुगेको छ।
केन्द्रीय सदस्यको बलियो दाबेदारी: स्थानीय विकास विभाग क्लस्टरबाट मनोनित भएकी डंगोल अब पार्टीको केन्द्रीय कमिटीमा पुग्ने प्रमुख दाबेदारका रूपमा रहेकी छन्। यो मनोनयनले उनको आगामी केन्द्रीय सदस्य यात्रालाई सहज बनाउने विश्वास लिइएको छ।
युवा र लोकप्रिय नेतृत्वको अनुमोदन: एमालेले पार्टीलाई नयाँ पुस्तासँग जोड्न र पुराना संरचनाभन्दा बाहिरबाट आएका सफल व्यक्तिहरूलाई सम्मान गर्न तयार रहेको सन्देश दिएको छ। यो कदमले एमालेलाई शहरी युवा मतदातामाझ थप आकर्षण बढाउनेछ।
यो पनि:
१. ईश्वर पक्षको विरोधपछि रोकिए ओली, १९ जना पदाधिकारी बनाउने प्रस्ताव फिर्ता
२. एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि
३. रिमोटबाट दीप प्रज्वलन, तीन किलोमिटर परसम्म सुन्न सकिनेछ भाषण
४. एमाले महाधिवेशनस्थलमा बम डिटेक्टर र कुकुरसहित प्रहरी परिचालन
५. एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि
६. पूर्वराष्ट्रपति भण्डारीले भनिन् : परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन्
७. एमाले महाधिवेशन: भक्तपुरमा आज यसरी गरिएको छ सवारी रुट व्यवस्थापन
Shares

प्रतिक्रिया