राजनीति


एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि

एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि

सुनिता डंगोल (बायाँ) र अञ्जान शाक्य


नेपालखबर
मंसिर २७, २०८२ शनिबार १०:१९, काठमाडौँ

नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि मनोनीत १०८ प्रतिनिधिको सूची सार्वजनिक गरेको छ।

यसअघि शुक्रबार बसेको एमाले सचिवालय बैठकमा १०८ जना महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने विषयमा सहमति जुट्न नसकेपछि यो टुंग्याउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको थियो।

त्यसपछि आज शनिबार महाधिवेशन उद्घाटनअघि एमालेले मनोनीत १०८ प्रतिनिधिको सूची सार्वजनिक गरेको हो।  

एमालेको विधानमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयन गर्ने प्रावधान छ।

यसअघि २ हजार १५४ जना महाधिवेशन प्रतिनिधि भने चुनावबाट चुनिइसकेका छन्। १०८ मनोनयन गरिएसँगै एमाले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या २ हजार २ सय ६२ पुगेको छ।

एमाले महाधिवेशन अहिले केही बेरमा भक्तपुरको सल्लाघारीस्थित चौरमा उद्घाटन गरिँदै छ। 

त्यसअघि जुलुस निकालिएका छन्।  

हेर्नुहोस् मनोनीत महाधिवेशन प्रतिनिधिको सूची:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad