नेकपा (एमाले)का नेता तथा कार्यकर्ता नाच्दै गाउँदै महाधिवेशन स्थल सल्लाघारी पुगिरहेका छन्।
काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट झाँकीसहित एमालेका नेता तथा कार्यकर्ता र्यालीसहित महाधिवेशनस्थित सल्लाघारी पुगिरहेका छन्। विभिन्न स्थानबाट र्याली आउने क्रम सुरु भएको छ।
कतिपय र्याली सल्लाघारी पुगिसकेका छन् भने कतिपय आउने क्रममा छन्। उद्घाटन समारोहमा तीन लाख मानिस सहभागी गराउने एमालेले जनाएको छ।
उद्घाटनअघि दुई सयभन्दा बढी सांस्कृतिक झलकहरू प्रस्तुत गरिने भएको छ। महाधिवेशनमा राष्ट्रिय एकता, सांस्कृतिक गौरव र संगठनात्मक शक्तिको सन्देश प्रवाह गर्ने एमालेको लक्ष्य छ। त्यहीअनुसार, विभिन्न स्थानबाट सांस्कृतिक झाँकी सहितका र्याली सल्लाघारी पुगिरहेका छन्।













18
Shares

प्रतिक्रिया