नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहँदा सो ठाउँमा मान्छेको भीडभाड छ। सयौँ सवारी साधन त्यहाँ छन्।
महाधिवेशनका कारण सार्वजनिक यातायातलाइ भने कुनै असर परेको छैन। काठमाडौंबाट भक्तपुर हुँदै बनेपातर्फ जाने-आउने सवारी साधन सामान्य ढंगले नै सञ्चालन भइरहेछन्।
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी नरेशराज सुवेदी भन्छन्, ‘सो क्षेत्र केन्द्रित भएर बिहानैदेखि ट्राफिक प्रहरी परिचालन भएका छन्। ट्राफिक आवगमनमा कुनै अवरोध छैन। सवारी साधन सहज ढंगले चलिरहेका छन्।’
ट्राफिक व्यवस्थापन मिलाउन महाधिवेशन स्वंसेवकहरू पनि खटिएका छन्।
महाधिवेशनमा पूर्वतर्फबाट आउनेहरुले जागतीमा सवारी पार्किङ गरेका छन्। अर्को पार्किङस्थल सानोठिमीमा बनाइएको छ। ‘सवारी साधन प्रयोग गर्नेहरुले राम्रोसँग भनेको मान्नु भएको छ। हामीले ट्राफिक व्यवस्थापन मिलाउन सकिरहेका छाैँ’, एसपी सुवेदीले नेपालखबरसँग भने।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वीच थिचेर एघारौं महाधिवेशन उद्घाटन गरेका छन्।
ओलीले स्वीच थिचेपछि दोस्रो विधान महाधिववेशनले पारित गरेबमोजिमको रातो पृष्ठभूमिमा सुनौलो हसियाँ हथौथा सहितको सुन्दर झण्डा माथि पुगेर फरफराएको छ। नेता तथा कार्यकर्ताले ताली बजाएर स्वागत गरेका छन्।
योसँगै एमालेको एघारौँ महाधिवेशन औपचारिक रुपमा सुरुवात भएको छ। कार्यक्रम सञ्चालक उपमहासचिव प्रदीप ज्ञवालीले सबैलाई गडगडाहट ताली बजाएर हर्षाैउल्लास मनाउन आग्रह गरेका थिए। त्यससँगै उद्घाटन स्थलमा उपस्थित हजारौँ एमालेका कार्यकर्ताले ताली बजाएका थिए।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको जग्गामा एमालेका हजारौँ नेता, कार्यकर्ता तथा शुभेच्छुक उपस्थित भएका छन्। देशका विभिन्न भागबाट आएका महाधिवेशन प्रतिनिधिसँगै कार्यकर्ता सांस्कृतिक झाँकीसहित महाधिवेशन स्थल पुगेका थिए।
१. ईश्वर पक्षको विरोधपछि रोकिए ओली, १९ जना पदाधिकारी बनाउने प्रस्ताव फिर्ता
२. एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि
३. रिमोटबाट दीप प्रज्वलन, तीन किलोमिटर परसम्म सुन्न सकिनेछ भाषण
४. एमाले महाधिवेशनस्थलमा बम डिटेक्टर र कुकुरसहित प्रहरी परिचालन
५. एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि
६. पूर्वराष्ट्रपति भण्डारीले भनिन् : परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन्
७. एमाले महाधिवेशन: भक्तपुरमा आज यसरी गरिएको छ सवारी रुट व्यवस्थापन
८. यस्तो छ भक्तपुरमा एमालेको महाधिवेशन तयारी (भिडिओ)
९. महाधिवेशनस्थल प्रवेश गर्न घुइँचो, तात्यो माहोल (तस्बिरहरू)
१०. नाच्दै गाउँदै सल्लाघारी (तस्बिरहरू)
११. सुनिता डंगोल: मिस नेवा हुँदै उपमेयर भइन्, मनोनित भएर अब केन्द्रीय सदस्यतर्फ
१२. एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि
१३. मनोनीत १०८ महाधिवेशन प्रतिनिधिप्रति पोखरेल पक्षको असहमति
१४. स्विच थिचेर ओलीले उद्घाटन गरे एमालेको एघारौँ महाधिवेशन
१५. खरानीको थुप्रोबाट उठ्नेछौँ भनेर संकल्प गरेका थियौँ, आजको सभाले जवाफ दियो : पोखरेल
Shares

प्रतिक्रिया