राजनीति


यी हुन् गण्डकीबाट केन्द्रीय सदस्यका उम्मेदवार, धेरै सांसदले रोजे भूगोलको प्रतिस्पर्धा

यी हुन् गण्डकीबाट केन्द्रीय सदस्यका उम्मेदवार, धेरै सांसदले रोजे भूगोलको प्रतिस्पर्धा

नेपालखबर
असार १०, २०८३ बुधबार १८:१७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका साविक उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा उनलाई कास्की २ का सांसद उत्तमप्रसाद पौडेल, स्याङ्जाका धनञ्जय दवाडी र पूर्वसांसद शिव नेपालीले पच्छ्याएका छन्। 

खुलातर्फका २१३ जना उम्मेदवारमध्ये गण्डकीबाट अनुप नेपाल, अर्जुन बानियाँ, अरुणकुमार श्रेष्ठ, बोधराज रेग्मी, धनञ्जय रेग्मी, कमला काप्री, मखमलाल श्रेष्ठ, निर्मल गौतम, नुर मोहम्मद मियाँ, पुरन गिरी, रामचन्द्र खत्री, रुपक घिमिरे, श्रद्धा पराजुली, टेकबहादुर पुन, अशोक खड्काथोकी, मेघबहादुर आले, रमेश विश्वकर्माले पच्छ्याएका छन्। खुलातर्फ ९९ जनाको मात्र चुनाव हुँदैछ। 

राष्ट्रिय स्तरबाट निर्वाचित हुने ६४ सदस्यमध्ये ३२ जना खुला र ३२ जना समन्यायिक समावेशी समूहबाट निर्वाचित हुनेछन्। समावेशी तर्फका ३२ सिटमध्ये खस आर्यबाट १०, आदिवासी जनजातिबाट ९, मधेसीबाट ५, दलितबाट ५, थारुबाट २ तथा मुस्लिम समुदायबाट १ जना निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको छ।

यस्तै, एकजना पिछडिएको क्षेत्र तथा एकजना अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व पनि सुनिश्चित गरिएको छ। पूर्व सांसद शिव नेपाली र अशोक खड्काथोकीले खुला समावेशीतर्फ उम्मेदवारी दिएका हुन्। 

कुल १५८ सदस्यीय केन्द्रीय समितिमा गण्डकीको भूगोलतर्फबाट चुनिने ५ जनाको लागि जीवनकुमार श्रेष्ठ, मोहनबहादुर थापा, झविलाल डुम्रे, सन्तोष पन्त, सोम शर्मा, कृष्ण थापा, पुष्पलाल अधिकारी, पदमराज पन्थी, मुक्ति अधिकारी, राजु दाहाल, प्रकाश थापा, मनिष खनाल, विकास सिग्देल, महेन्द्र खड्का, तोयाराज अधिकारी, धर्मराज केसी, दीपककुमार बोगटी, अशोक खड्का, सन्तोष रेग्मी, दाताराम चपाईं, श्रीराम न्यौपाने, सुदेश गुरुङ, सागर भुषाल, पवित्रा थापा, विष्णुकुमारी गुरुङ, पूजा बास्तोला र पार्वती अधिकारी रहेका छन्।

प्रदेशबाट एक महिलासहित ५ जना चुनिँदा २ सिट महिलाको लागि सुरक्षित हुनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad