राजनीति


खरानीको थुप्रोबाट उठ्नेछौँ भनेर संकल्प गरेका थियौँ, आजको सभाले जवाफ दियो : पोखरेल

खरानीको थुप्रोबाट उठ्नेछौँ भनेर संकल्प गरेका थियौँ, आजको सभाले जवाफ दियो : पोखरेल

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १३:४६, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनपछि एमालेलाई कमजोर भएको भन्नेहरूलाई आजको सभाले जवाफ दिएको बताएका छन्।

११ औँ महाधिवेशनको उद्घाटन सभामा स्वागत मन्तव्य राख्दै उनले षड्यन्त्रबाट सत्ता गुमाउनुपरेपनि नेपाली जनताको हृदयमा गहिरोगरी बसेका छौँ भन्ने कुरा सभाले पुष्टि गरेको बताए।

‘त्यसबेला खरानीको थुप्रोबाट फेरि हामी उठ्नेछौँ भनेर संकल्प गरेका थियौँ,’ पोखरेलले भने, ‘आजको यो ऐतिहासिक जनसभाले पुष्टि गरेको छ; नेकपा एमाले कमजोर भएको छैन, यो अझ शक्तिशाली भएर अगाडि बढेको छ भन्ने कुराको सन्देश यो उद्घाटन सभाको समारोहले दिएको छ।’ 

जेनजी आन्दोलनपछि आफ्नो पार्टीविरुद्ध प्रचारबाजी भएको समेत उनले जिकिर गरे। ‘भदौ २३ र २४ गतेको घटनापछाडि यो मुलुकमा हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा जुन प्रकारको प्रचारवाजी गरियो, एकप्रकारले भन्ने हो भने भदौ २३ र २४ गतको घटनाको जिम्मेवारका रुपमा हाम्रा अध्यक्षलाई चित्रण गर्ने जुन दुष्प्रयास गरियो,’ पाखरेलले भने।

तर, जेनजी आन्दोलनमा राजनीतिक दलहरूविरुद्ध षडयन्त्र भएको दाबी गरे। पोखरेलले भने, ‘तर, सो घटनामा नवयुवाका भावानामा खेलेर राष्ट्रविरोधी तत्वहरू, लोकतन्त्रविरोधी तत्वहरू गणतन्त्रविरोधी तत्वहरू र राजनीतिक दलहरूका विरुद्ध षडयन्त्रपूर्ण गतिविधि भएको हामीले बुझेकै छौँ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad