नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ।
संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।
सरकारले ल्याएको यो नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आगामी जेठ १५ गते बजेटको व्यवस्था गर्नेछ।
नयाँ आर्थिक वर्षका लागि सरकारले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, उद्योग व्यवसायजस्ता क्षेत्रलाई केन्द्रित गर्दै कार्यक्रम सार्वजनिक गरेको हो।
यस्तो छ पूर्णपाठ
के के छन् नीति तथा कार्यक्रममा? पढ्नुहोस्
- सरकारले राष्ट्रिय गौरव र रणनीतिकबाहेकका आयोजना प्रदेशलाई हस्तान्तरण गर्ने
- कर प्रणाली पुनरावलोकन हुने
- आगामी आर्थिक वर्षको बजेटमा सरकारको प्राथमिकता : कृषि र यातायात
- गोरखकाली रबर उद्योग र हेडौंडा कपडा उद्योग फेरि सञ्चालनमा आउने
- सरकारले १ वर्षभित्र क्रेडिट रेटिङ सम्पन्न गर्ने
- घरजग्गा कारोबार विशिष्टीकृत संस्थाबाट मात्रै, उद्योगको हदबन्दीमा सुधार हुने
- विदेशी लगानी आकर्षित गर्न उद्योग वाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट
- ‘हाउस पुलिङ’बाट सहरको पुनरुत्थान गर्ने सरकारको नीति, उपत्यकामा नयाँ सहर
- प्रधानमन्त्री उत्पादन तथा उपभोग कार्यक्रम सञ्चालन हुने, भन्सार र कर छुट
- एक वर्षपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गरिने
- सरकारको नीति : १ वर्षमा ७ सय मेगावाट विद्युत् उत्पादन थप गर्ने
- वातावरण संरक्षण मापदण्डलाई विकासमैत्री बनाइने
- नेपाली नोट नेपालमै छाप्ने तयारी
- ओली सरकारको योजनालाई देउवा सरकारले दियो निरन्तरता
- अर्को वर्ष ८०० किमि सडक बनाइने, साढे २ सय किमि स्तरोन्नति गरिने
- अर्को वर्ष विद्युत् महशुल घट्ने, ग्यास विस्थापनको नीति
- नागढुंगा सुरुङमार्ग निर्माणसम्पन्न गरिने, नयाँ दुईको पूर्वतयारी गरिने
72
Shares
प्रतिक्रिया