कारोबार


एक वर्षपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गरिने

एक वर्षपछि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गरिने

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १७:२४, काठमाडौँ

सरकारले २०८०/८१ देखी निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण थाल्ने भएको छ। सरकारले नीति तथा कार्यक्रममा विमानस्थलको लगानी र निर्माणको ढाँचा टुंगो लगाउने भएको हो। 

निर्माण सम्पन्न भएका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउने उल्लेख रहेको छ। 

त्यसबाहेक सुर्खेतको भेरीगंगा प्रदेशिक विमानस्थल निर्माण गर्ने भएको छ। 
उड्डयन क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड र नयाँ प्रविधिको प्रयोग गरिने छ। थप मुलुकसँग हवाई सेवा सम्झौता गरी नेपाली वायु सेवा कम्पनीले बजार विस्तार गरिने छ। 

२०८०÷८१ देखी निजगढ विमानस्थल निर्माण कार्य थाल्ने, सुर्खेतमा प्रादेशिक विमानस्थल पर्यटन क्षेत्रलाई विदेशी मुद्रा आर्जन र स्थानिय उत्पादनको प्रवद्र्धन गरिने भएको छ। 

एकीकृत पर्यटकीय पूर्वाधार र उच्च मूल्ययुक्त पर्यटन उपजको विकास तथा प्रवद्र्धनमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गरिने सरकारले नीति लिएको छ। 

मूर्त र अमूर्त संस्कृति सम्पदाको प्रवर्द्धन गर्ने छ। धार्मिक केन्द्र, पर्या पर्यटन केन्द्र विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। 

सरकारले ताप्लेजुङ–दार्चुलाको ग्रेट हिमालय ट्रेल लाई स्तरोन्नती गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .