ईपीएसमार्फत कामका लागि दक्षिण कोरिया जाने नेपाली कामदारका लागि भिषा शुल्क वृद्धि भएको छ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै भिषा शुल्क वृद्धि भएको जानकारी दिएको हो।
नयाँ व्यवस्थाअनुसार कोरिया जानेहरुले अब ११ हजार ३०० सय रुपैयाँ भिषा शुल्क तिर्नुपर्नेछ। यसअघि भिषा शुल्क १० हजार ७ सय रुपैयाँ थियो।
इपीएस कोरिया शाखाका अनुसार यो मूल्य वृद्धि काठमाडौंस्थित कोरियाली दूतावासले गरेको हो। भिषा शुल्कको रकम कोष लेखा नियन्त्रण कार्यालय ललितपुरको नेपाल बैंकको खातामा जम्मा गर्न भनिएको छ।
36
Shares

प्रतिक्रिया