कारोबार


अर्को वर्ष ८०० किमि सडक बनाइने, साढे २ सय किमि स्तरोन्नति गरिने

अर्को वर्ष ८०० किमि सडक बनाइने, साढे २ सय किमि स्तरोन्नति गरिने

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १७:४०, काठमाडौँ

सरकारले आगामी वर्ष थप ८०० किमि सडक निर्माण र २५७ किलोमिटर सकड स्तरोन्नति गर्ने भएको छ। 

आर्थिक वर्ष २०७९/८० मा थप ३०० पुल निर्माण सम्पन्न गर्ने भएको छ। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा ५ वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई कम्तीमा एसियन हाइवेको रुपमा स्तरोन्नति गर्ने नीतिअनुरुप बुटवल नारायणगढ, कमला कन्चनपुर सडक निर्माण कार्यलाई तीव्रता दिने भएको छ। 

काँकडभिट्टा लौकही, पथलैला कमला तथा पथलैला नारायणगढ खण्डको निर्माणकार्य सुरु गरिनेछ। फास्ट ट्राक समयमै सक्ने उल्लेख गरेको छ। 

राजमार्ग र तराई मधेशका जिल्ला सदरमुकाम सडक कम्तीमा ४ लेनको हुनेछ। काठमाडौंमा चक्रपथ विस्तार र फ्लाई ओभर निर्माणलाई प्राथमिकता दिइने उल्लेख रहेको छ। 

राष्ट्रिय गौरवका उत्तरदक्षिण आयोजनालाई प्राथमिकता जोडिने छ। राष्ट्रिय राजमार्ग हुम्ला जिल्लालाई आगामी वर्ष सडक पहुँच पुर्याइने भएको छ। 

गल्छी रसुवागढी सडक २ लेनमा विस्तार गरिनेछ। मदन भण्डारी राजमार्ग स्तरोन्नति त्रिभुवन राजमार्गमा फ्लाई ओभरको काम गरिनेछ। 

दोधारा चाँदनी जोड्ने ४ लेनको पुल सम्पन्न गरिने भएको छ। विराटनगर सुख्या बन्दरगाहसम्म रेल सञ्चालन हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .