कारोबार


विदेशी लगानी आकर्षित गर्न उद्योग वाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट

विदेशी लगानी आकर्षित गर्न उद्योग वाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १७:२, काठमाडौँ

सरकारले विदेशी लगानी आकर्षित गर्न नीतिगत सहजीकरण गर्ने भएको छ। 

संसदमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ। 

सरकारको नीति तथा कार्यक्रम सुनाउँदै राष्ट्रपति भण्डारीले भनिन्, ‘विदेशी लगानी आकर्षित गर्न उद्योग वाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट अवलम्बन गर्न सुरु गरिनेछ।’

त्यस्तै उद्योग प्रशासनलाई सरल र प्रविधिमैत्री बनाइने भएको छ। एकल विन्दु सेवालाई अधिकारसम्पन्न र प्रविधिमा आधारित बनाइने भएको छ।  

उद्योग तथा व्यवसायको स्थापना, सञ्चालन र बहिर्गमनको अभिलेखन एवं सहजीकरणबारेका सेवा विद्युतीय माध्यमबाट हुने गरी मिलाइनेछ। 

औद्योगिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको संलग्नता बढाउने नीति लिइनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .