वातावरण संरक्षण मापदण्डलाई विकासमैत्री बनाइने भएको छ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मौजुदा मापदण्ड संशोधन गर्ने नीति अघि सारेको हो।
सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन्।
उनले भनिन्, ‘वातावरण संरक्षणसम्बन्धी मापदण्डलाई विकासमैत्री हुने गरी परिमार्जन गरिनेछ।’
मुख्य सहरहरुमा वायु, ध्वनि, जल प्रदूषण एवं ब्याट्रीबाट उत्सर्जन हुने प्रदूषण नियन्त्रणको क्षेत्रगत मापदण्ड तथा कार्ययोजना कार्यान्वयन गरिने भएको छ।
33
Shares
प्रतिक्रिया