कारोबार


ग्लोबल आईएमई बैंकको पहलमा सबैका लागि बैंकिङ शिक्षा र वित्तीय पहुँच

ग्लोबल आईएमई बैंकको पहलमा सबैका लागि बैंकिङ शिक्षा र वित्तीय पहुँच

नेपालखबर
असार १९, २०८३ शुक्रबार १७:३२, काठमाडौँ

नेपालमा वित्तीय पहुँच विस्तार तीव्र रूपमा बढिरहेको छ। बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल अहिले सहरमा मात्रै सीमित छैन। 

देशका सम्पूर्ण स्थानीय तहबाट बैंकहरूले आमनागरिकलाई वित्तीय सेवा प्रदान गरिरहेका छन्। वित्तीय सेवाका लागि आम नागरिकको पहुँच विस्तारसँगै आम नागरिकलाई औपचारिक वित्तीय कारोबारमा उत्प्रेरित गर्न बैंकहरूले वित्तीय साक्षरताको कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।

नेपालको बैंकिङ इतिहासमा बैंकका सेवा र सुविधाहरूको व्यापक विस्तार भएको देखिन्छ, सेवा र सुविधा विस्तारसँगै प्रविधीको प्रयोग पनि उच्च रहेको छ। शाखा गाउँसम्म विस्तार हुँदा मोबाइल बैंकिङ र क्यूआर भुक्तानीजस्ता डिजिटल उपकरणहरू दैनिक जीवनको हिस्सा बन्दै गएका छन्। यसरी वित्तीय सेवाको विस्तार र प्रयोग बढ्दै जाँदा त्यसको सुरक्षित, जिम्मेवार र प्रभावकारी उपयोग पनि आवश्यक पर्छ।

वित्तीय क्षेत्रमा भएको विस्तारलाई नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले पनि देखाउँछ। राष्ट्र बैंकका अनुसार २०८२/८३ को पहिलो १० महिनासम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप करिब ७९ खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ भने निजी क्षेत्रतर्फको कर्जा करिब ५८ खर्ब ९ अर्ब ६८८ करोड रुपैयाँ छ। 

यही आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) मा मुलुकमा १९ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ भने २०८३ वैशाख महिनामा मात्र २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ बराबर विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। यी तथ्यांकले नेपालीको वित्तीय प्रणालीसँगको सम्बन्ध तीव्र रूपमा विस्तार भइरहेको देखाउँछन्।

यति ठूलो रकम औपचारिक वित्तीय प्रणालीमार्फत परिचालन भइरहेका बेला नागरिकमा वित्तीय ज्ञानको विस्तार गर्न जरुरी देखिन्छ। धेरै व्यक्तिले ऋण लिँदा ब्याजदर, सेवा शुल्क वा भुक्तानी क्षमताको पर्याप्त मूल्याङ्कन नगर्ने, सामाजिक सञ्जालमा फैलिने हल्लाका आधारमा लगानी गर्ने तथा अस्वाभाविक प्रतिफलको प्रलोभनमा पर्ने प्रवृत्ति अझै कायम जोखिम कायम रहन्छ। 

साथै पछिल्ला वर्षहरूमा मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, इन्टरनेट बैंकिङ र डिजिटल वालेटको प्रयोग उल्लेख्य रुपमा बढेको पनि राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ। यसले वित्तीय पहुँच विस्तारसँगै साइबर ठगी, फिसिङ, ओटीपी दुरुपयोग, नक्कली लगानी योजना र सामाजिक सञ्जालमार्फत हुने आर्थिक अपराधको जोखिम पनि बढाएको देखिन्छ। प्रविधिको प्रयोग बढेसँगै त्यसको सुरक्षित प्रयोगसम्बन्धी ज्ञान नबढे ग्राहकहरूको वित्तीय कारोबारको जोखिम बढदै जाने देखिन्छ। 

डिजिटल कारोबारको विस्तारसँगै साइबर ठगी, फिसिङ, ओटीपी दुरुपयोग, नक्कली लगानी योजना तथा व्यक्तिगत बैंकिङ विवरण दुरुपयोगका घटना पनि बढिरहेका छन्। वित्तीय साक्षरता अभावमा प्रयोगकर्ताले सामान्य सुरक्षा उपायसमेत अपनाउन नसक्दा ठगीको जोखिम बढ्ने विज्ञहरूको विश्लेषण छ। 

बैंक खाता खोल्नु मात्र वित्तीय समावेशीकरण होइन। नागरिकले बचत, ऋण, बीमा, डिजिटल भुक्तानी र लगानीसम्बन्धी सेवा बुझेर प्रयोग गर्न सके मात्र वित्तीय पहुँचको वास्तविक उद्देश्य पूरा हुन्छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या ६ करोड २० लाख ६० हजार २२२ छ। कर्जा खाताको संख्या २० लाख ४० हजार १४८ छ। मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ९४ लाख र इन्टरनेट बैंकिङ प्रयोगकर्ता २३ लाख ७४ हजार छ।

शाखा कार्यालयको विस्तारसँगै बैंकहरूले सेवा तथा सुविधा विस्तारमा पहल कदमी लिईरहेका छन्। अझ बैंकहरूले वित्तीय ज्ञान विस्तारको गरेर मात्र नभई वित्तीय सेवाहरूको  प्रयोग माथि आम नागरिकको पहुँच विस्तारको लागि समेत काम गरिरहेका छन्।  जसअन्तर्गत बैंकहरूले प्रविधीको प्रयोग गरेर ग्राहकहरूलाई बचत गर्न, लगानी गर्न, खर्च व्यवस्थापन गर्न, दैनीक उपभोग्य सेवाहरूको भुक्तानी गर्न लगायत अन्य बैंकिङ सेवाहरू प्रयोगमा ल्याइरहेका छन्। 

यही कारण नेपाल राष्ट्र बैंकले वित्तीय समावेशीकरण नीतिअन्तर्गत वित्तीय साक्षरतालाई प्रमुख आधारका रूपमा अघि सारेको छ। विद्यार्थी, कृषक समुह, महिला समूह, युवा समुह, वैदेशिक रोजगारीमा जाने सम्भावित श्रमिक तथा साना उद्यमीलाई लक्षित गरी वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गरिँदै आएको छ। साथै प्रशिक्षक उत्पादन, वित्तीय साक्षरता तालिम पुस्तिका र ग्राहक संरक्षणसम्बन्धी सामग्री पनि विकास गरिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल राष्ट्र बैंकले तयार गरेको वित्तीय साक्षरता विषयसन्दर्भ वा सामाग्री अनुसार कार्य गर्दै आइरहेका छन्। 

ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्ष २०८२/८३ भरी वित्तीय साक्षरताको कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गरी रहेको छ। जसअन्तर्गत चालु आर्थिक वर्षमा बैंकले देशका विभिन्न स्थानहरूबाट वित्तीय साक्षरताका कार्यक्रमहरू संचालन गरी ८ हजार ५५४ जनाभन्दा बढीलाई वित्तीय साक्षरता प्रदान गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातवटै प्रदेशका ८ हजार ५५४ जनाभन्दा बढी नागरिकलाई औपचारिक बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, लगानीका अवसर र वित्तीय जोखिमबारेमा पर्याप्त जानकारी दिने उद्देश्यले वित्तीय साक्षरता प्रदान गरेको जानकारी दिएको छ।

बैंकले १३३ शाखामार्फत रोजगार गर्ने १ हजार ५१८ जना, किसान ८०० जना, लघु, साना तथा मझौला उद्यमी ३७८ जना, दैनिक ज्यालादारी गर्ने २८९, वैदेशिक रोजगारमा जाने सम्भावित कामदार २१९ जना, विद्यार्थी ८ हजार ५५९ जना, महिला २ हजार ९३४, विप्रेषण प्रापक ४३४ जना र युवा ८ हजार ५५४ जनालाई यस अवधिमा वित्तीय साक्षरता प्रदान गरेको हो। 

साथै, अघिल्लो आर्थिक वर्षमा बंैकले देशभरका विभिन्न स्थानहरूमा ६ हजार २ सय २३ जना फरक फरक लक्षित वर्गका मानिसहरूलाई वित्तीय साक्षरताको सचेतना प्रदान गरेको थियो। कोशी प्रदेशबाट २९४ जना, मधेश प्रदेशबाट ५२५ जना, बागमती प्रदेशबाट १ हजार ६०१ जना, गण्डकी प्रदेशबाट १ हजार ९१ जना, लुम्बिनी प्रदेशबाट १ हजार ४६६ जना, कर्णाली प्रदेशबाट ५२१ जना र सुदूरपश्चिम प्रदेशबाट ७२५ जना व्यक्तिहरूलाई बैंकले साक्षर गरेको थियो। 

यसको साथै, बैंकले आर्थिक वर्ष २०८०/८१ म देशका विभिन्न स्थानहरूमा बैंकले वित्तीय साक्षरताको कार्यक्रमलाई महाअभियानको रुपमा देशभर संचालन गरेको थियो। उक्त आर्थिक वर्षमा बैंकले ३१ हजार १७३ जना सहभागिहरूलाई वित्तीय सचेतना प्रदान गरेको थियो। यसअन्तर्गत बैंकले संचालन गरेको कार्यक्रममा कोशी प्रदेशबाट ४ हजार १८५ जना, मधेश प्रदेशबाट १ हजार ९३ जना, बागमती प्रदेशबाट ११ हजार ३२७ जना, गण्डकी प्रदेशबाट ४ हजार ७९४ जना, लुम्बिनी प्रदेशबाट ६ हजार ५४७ जना, कर्णाली प्रदेशबाट ५५२ जना र सुदूरपश्चिम प्रदेशबाट २ हजार ६७६ जना सहभागी भएका थिए। 

आमनागरिकलाई प्रत्यक्षरुपमा प्रदान गरिने ज्ञानको साथै, ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल बैंकिङलाई पनि वित्तीय ज्ञानको प्रयोगात्मक प्लेटफर्मको रुपमा विकास गरेको छ। वित्तीय ज्ञानको लागि आवश्यक पर्ने बचत, व्यक्तिगत बजेट, कर्जा, लगानी र दैनिक उपभोग्य सेवाहरूको पहुँच विषयहरू रहेका छन्। 

बचतको लागि बैंकले सानै उमेरदेखि बचत गर्ने बानी बसाल्नको लागि ग्लोबल जुनीयर एप संचालन गरिरहेको छ, मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो बचतको योजना बनाउन गोल बेस्ड सेभिङ योजना ल्याएको छ, मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई शाखा कार्यालयमा नगई आफै मुद्दती खाता संचालन गर्न सक्नेछन्। 

लगानीको क्षेत्रमा पनि बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई सुविधा छ। जसको लागि मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले ग्लोबल स्मार्टमार्फत आईपीओमा आवेदन दिन सक्नेछन्। जसको लागि बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले अन्य एपहरू चलाउन पर्ने छैन। साथै बैंकको मोबाइल बैंकिङमा सेयर कारोबारको जानकारी तथा सेयरको विश्लेक्षण गर्नसकिने सुविधा पनि रहेको छ।  

वित्तीय साक्षरताको अर्को पाटो व्यक्तिगत वित्तीय योजना तथा खर्च व्यवस्थापन पनि हो, जस्को लागि बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई बजेट ३६० प्रयोगमा ल्याएको छ। 

उक्त बजेट ३६० अन्तर्गत ग्राहकहरूलाई खर्चको योजना बनाउन सिकाउनुको साथै अनुमानित खर्चको योजनाको अधीनमा रहेर खर्च व्यवस्थापन कसरी गर्ने भन्ने व्यावहारिक ज्ञान सिकाउँछ। 

कर्जाको लागि पनि मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले मोबाइल बैंकिङबाटै कर्जाको आवेदन दिई कर्जा उपभोग गर्न पाउनेछन्। ग्लोबल आइएमई बैंकमा मुद्दती खाता खोलेका निक्षेपकर्ताहरूलाई आफुलाई पैसाको आवश्यकता हुदा बैंकको शाखा कार्यालय नगई ग्लोबल स्मार्ट प्लसबाटै कर्जाको आवेदन दिई कर्जाको स्वीकृति पाउनेछन्। साथै, सेयर धितो कर्जा पनि ग्लोबल आइएमई बैंकको वेवसाइटबाटै आवेदन दिन सकिनेछ। उक्त सेयर धितो कर्जा अन्तर्गत ५० लाखसम्मको कर्जा पाउन सक्नेछन्।

दैनिक उपभोग्य सेवाहरू मोबाइलको रिचार्ज, टेलिभिजनको रिचार्ज, टेलिफानेको महशुल, खानेपानीको महशुल, बीमाको प्रिमियम, क्रेडिट कार्डको किस्ता तथा भुक्तानी, स्कुल तथा कलेजको शुल्क, विजुलीको महशुल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ टिकट, विभिन्न सरकारी कार्यालहरूमा बुझाउनुपर्ने शुल्क तथा दस्तुरहरूको भुक्तानीको लागि मोबाइल बैंकिङ प्रयोग गर्न मिल्नेछ। 

यस्ता किसिमका सेवा सुविधाहरूको विस्तारले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई प्रयोगात्मक  वित्तीय ज्ञान समेत प्रदान गर्नेछ। 

साथै बैंकले सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो, टेलिभिजन, इन्फ्ल्यूएन्स, प्रभातफेरी मार्फत आम नागरिकलाई वित्तीय ज्ञान प्रवाह गरिरहेको छ। बैंकले वित्तीय सचेतनाको लागि विभिन्न सन्दर्भ सामग्रीहरू जस्तै भिडियो, अडियो, पुस्तक, जानकारीमूलक सामग्रीहरू प्रकासन तथा प्रसारण गरिरहेको छ। 

ग्लोबल आईएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरूमध्ये  वित्तीय साक्षरतालाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। यसका लागि बैंकले आफ्नो शाखा कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। 

बैंकले मुलुकभर ३४४ शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ। चालू आ.व.मा वित्तीय साक्षरतका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको १५ प्रतिशत लगानी गरेको छ। 

नेपालमा डिजिटल अर्थतन्त्र तीव्र गतिमा विस्तार भइरहेका समयमा वित्तीय साक्षरतालाई एकपटकको सचेतनामूलक कार्यक्रममा मात्र सीमित नराखी विद्यालय शिक्षादेखि समुदायस्तरसम्म अभियानको रुपमा संचालन गरिरहेको बैंकको भनाइ छ। बैंकिङ प्रणालीमा भइरहेको विकास क्रमम अनुसार वित्तीय ज्ञान विस्तार गर्न सकिए मात्र डिजिटल वित्तीय प्रणाली सुरक्षित, विश्वसनीय र दिगो हुने लक्ष्यका साथ बैंकले काम गरिरहेको छ। 

वित्तीय साक्षरता कार्यक्रम मार्फत नागरिकमा वित्तीय ज्ञानको विकास हुनुका साथै बैंकिङ कारोबारमा आकर्षण बढ्नुका साथै अतिरिक्त बैंकिङ सुविधाको पहुँच विस्तार हुनुका साथै डिजिटल उपकरण प्रयोग गरेर वित्तीय कारोबार गर्नेको संख्यामा सुधार भइरहेको  र बैंकिङ सेवामाथिको पहुँच विस्तारमा योगदान पुर्‍याएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad