कारोबार


ओली सरकारको योजनालाई देउवा सरकारले दियो निरन्तरता

ओली सरकारको योजनालाई देउवा सरकारले दियो निरन्तरता

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १७:४५, काठमाडौँ

नेपाली कांग्रेसले पूर्ववर्ती सरकारले रेल र पानी जहाज चलाउने योजनालाई ‘सपनाको व्यापार’ भने पनि आफैँ रेल र पानी जहाज चलाउने नीति लिएको छ। 

कांग्रेसले स्थानीय तहको चुनावी घोषणापत्रमार्फत असम्भव  भनेको रेल र पानी जहाजलाई कांग्रेसकै सभापतिले नेतृत्व गरेको सरकारले नीति तथा कार्यक्रममा राखेको हो। 

देउवा सरकारले रसुवागढी काठमाडौंसम्मको रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ। त्यसबाहेक वीरगन्ज–काठमाडौं र काठमाडौं उपत्यकामा मेट्रो रेलको विषयमा विस्तृत अध्ययन गर्ने उल्लेख गरेको छ। 

 नीति तथा कार्यक्रममा नेपालका नदीहरुमा आन्तरिक जल यातायातमा सम्भाव्यता पहिचान तथा विकास गरिने उल्लेख रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .