सरकारले आगामी आर्थिक वर्षभित्र क्रेडिट रेटिङ सम्पन्न गर्ने भएको छ।
नेपाल कुन सूचकमा रहेको छ भन्ने जानकारी दिने यस रेटिङको कार्य अहिले भइरहेको छ।
यसलाई एक वर्षभित्र सम्पन्न गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
विदेशी लगानीकर्ताहरुले यही सूचनालाई आधार मानेर लगानी गर्ने गर्छन्।
तर नेपालको क्रेडिट रेटिङ नभएको विषयमा दातृनिकायदेखि प्रत्यक्ष लगानी गर्ने लगानीकर्ताहरुले प्रश्न उठाउँदै आएका छन्।
33
Shares
प्रतिक्रिया