कारोबार


गोरखकाली रबर उद्योग र हेडौंडा कपडा उद्योग फेरि सञ्चालनमा आउने

गोरखकाली रबर उद्योग र हेडौंडा कपडा उद्योग फेरि सञ्चालनमा आउने

नेपालखबर
जेठ १०, २०७९ मंगलबार १६:४८, काठमाडौँ

सरकारले आगामी आर्थिक वर्षमा गोरखकाली रबर उद्योग, हेटौंडा कपडा कारखाना सञ्चालनमा ल्याउने भएको छ। 

दुई–दुई उद्योगलगायत अन्य उद्योग समेत सञ्चालनको तयारी सरकारले गर्ने भएको हो। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन्। 

उनले भनिन्, ‘पहिले सञ्चालनमा रहेका तर अहिले बन्द रहेका उद्योगहरु सञ्चालन गरिनेछ।’ 

यस्ता रुग्ण उद्योग सञ्चालनको मोडालिटी अहिले मन्त्रिपरिषदमा पुगेको छ। साथै कुन उद्योगलाई कसरी सञ्चालन गर्ने विषयमा बजेट कार्यक्रमले समेत उल्लेख गर्ने अर्थ मन्त्रालयका अधिकारीहरुले बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .