संवैधानिक परिषदले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिश गरेको छ। परिषद बैठकले आयोगमा थप दुई आयुक्तहरूमा डा.राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार बसेको संवैधानिक परिषद बैठक बसेर यो निर्णय गरेको हो।
निर्वाचन आयोगमा प्रमुख आयुक्त र अर्का एक आयुक्तको पद खाली थियो। थप एक आयुक्तको कार्यकाल असार २३ मा सकिने भएकाले परिषदले त्यो ठाउँका लागि एकै पटक सिफारिश गर्ने निर्णय गरेको हो।
प्रमुख आयुक्त सिफारिश मानबहादुर कार्की सर्वोच्च अदालतका रजिष्ट्रार हुन्। डा.राजीव सुब्बका नेपाल प्रहरीका अवकासप्राप्त डीआईजी हुन्।
3.9k
Shares

प्रतिक्रिया