काठमाडौं उपत्यकाभित्र पहिचान गरिएका स्थानलाई नयाँ सहरको रुपमा विकास गरिने भएको छ।
संघीय सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त जानकारी दिएकी हुन्।
त्यस्तै, हाउस पुलिङको माध्यमबाट सहरको पुनरुत्थान गरिने र काठमाडौं उपत्यकाभित्रका चार स्थान र सबै प्रदेशका ठूला सहरमा विपदलक्षित इभ्याकुएसन पार्क निर्माण गरिने भएको छ।
सहरहरुमा उत्सर्जित फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनको लागि स्थानीय तहलाई प्राविधिक सहयोग उपलब्ध गराइनेछ।
246
Shares
प्रतिक्रिया