राजनीति


सेनाले शासन हातमा लिएकाे दुई महिनामा ५५० नागरिकको हत्या

सेनाले शासन हातमा लिएकाे दुई महिनामा ५५० नागरिकको हत्या

नेपालखबर
चैत २२, २०७७ आइतबार ६:२,

त्यसबेलादेखि हालसम्म त्यहाँ सैन्य शासनको विरुद्ध तथा लोकतन्त्र पुनर्स्थापनाको पक्षमा लगातार विरोध प्रदर्शन हुँदै आएको छ।

सो क्रममा आन्दोलनलाई मत्थर पार्नका लागि सुरक्षाकर्मीले गोली नै चलाउन थालेका छन्। प्रदर्शनमा उत्रनेलाई २० वर्ष जेल सजाय साथै बन्दुक चलाउने चेतावनी दिँदा समेत प्रदर्शन रोकिएको छैन।

यसबीचमा सेना तथा प्रहरीको गोली लागेर कम्तीमा ५५० जनाको मृत्यु भएको थाइल्यान्डको अधिकारवादी संस्था एसिस्टेन्स असोसिएसन फर पोलिटिकल प्रिजनर्स एएपीपीले जनाएको छ।

अहिले जुन्ता शासकले देशभर इन्टरनेट सेवा अनिश्चितकालको लागि बन्द गरिदिएको छ। लोकतान्त्रिक नेतृ आङ साङ सूचीलाई विभिन्न अभियोग लगाएर जेल सजाय दिइने खेल पनि रचिएको बताइएको छ।

Myanmar protesters return to streets as military tightens grip | South  China Morning Post

सुचीको पार्टीले धाँधली गरेर चुनावमा बहुमत ल्याएको सेनाको आरोप छ। सुची तथा राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरु अहिले नजरबन्दमा छन्।

एक वर्षपछि आम चुनाव गराएर मात्र बहुमत ल्याउने पार्टीलाई सरकार सुम्पने सेनाको भनाइ छ। सीएनएन

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

म्यान्मारमा बुबाको काखमै रहेकी बालिकामाथि गोली प्रहार!

म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

म्यान्मारमा बढ्दै हिंसा, सुरक्षाकर्मीले मारे बच्चासहित एकैदिन ९० भन्दा बढी प्रदर्शनकारी

म्यान्मारका जनतामाथि सेनाको हवाई कारवाही, बम आक्रमणपछि ३ हजार थाइल्यान्ड भागे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad