राजनीति


सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

नेपालखबर
माघ १९, २०७७ सोमबार १२:१०,

गत नोभेम्बरमा भएको चुनावमा आङ सान सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसी एनएलडीले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो। तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाइरहेको थियो।

चुनावमा धाँधली भएकै कारण आफूहरुले सैन्य कू गरेको सेनाको भनाइ छ।

एक वर्षका लागि संकटकाल घोषणा गर्दै त्यहाँको सेनाले नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएको छ।

सैन्य कूपछि प्रतिक्रिया जनाउँदै यतिबेला सेनाले भनेको छ,‘हामी सन्तुलन र निष्पक्षताका साथ एक वर्षसम्म म्यानमारमा वास्तविक बहुदलिय लोकतन्त्रको अभ्यास गर्नेछौं।’

सेनाले आफूहरुले त्यसपछि निष्पक्ष निर्वाचनको आयोजना गर्ने र विजयी हुने पार्टीलाई सत्ता हस्तान्तरण गर्ने पनि बताएका छन्।

यतिबेला त्यहाँका सेना प्रमुख मिन अङ लाइङले एकवर्षसम्म राज्यसञ्चालनको जिम्मा पाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

लामो समय सैन्य शासन झेलेको म्यानमारमा फेरि सैन्य शासन लागू भएको हो। यसअघि म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैन्य शासन थियो। एससीएमपी

यो पनिः यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .