श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले आगामी राष्ट्रपति डा बाबुराम भट्टराई बन्न सक्ने अनुमान गरेका छन्।
आइतबार चितवनमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रशंसा गरेका थिए।
त्यसपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका साम्पाङले सोमबार बिहान फेसबुकमा स्टाटस लेख्दै बाबुराम नयाँ राष्ट्रपति बन्न सक्ने अनुमान गरेका हुन्।
साम्पाङले लेखेका छन्, ‘अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन्।’

342
Shares

प्रतिक्रिया