राजनीति


म्यान्मारमा बुबाको काखमै रहेकी बालिकामाथि गोली प्रहार!

म्यान्मारमा बुबाको काखमै रहेकी बालिकामाथि गोली प्रहार!

नेपालखबर
चैत १२, २०७७ बिहिबार ८:५०,

मंगलबार सेना तथा प्रहरीले मानिसहरुको घर–घरमा पुगेर उनीहरुसँग रहेको बन्दुकहरु खोज्न थालेका थिए र बन्दुक भेटिने घरका व्यक्तिलाई गिरफ्तार गरेका थिए।

बीबीसीका अनुसार प्रहरीले मन्डाले शहरमा छापा मारेका थिए। सो क्रममा ७ वर्षकी बालिका खिन म्यो चित डरले आफ्नो बुबाको काखमा गएकी थिइन्। सोही बेला प्रहरीले गोली चलाउँदा ती बालिकाको मृत्यु भएको हो।

बुबाको काखमै बालिकाको मृत्यु भएको थियो।

मृत बालिकाकी २५ वर्षकी दिदी मे थु सुमायाका अनुसार मंगलबार मध्यान्न उनीहरुको घरमा प्रहरी ढोकामा लात्ता प्रहार गर्दै प्रवेश गरेका थिए।

‘प्रहरीले हाम्रो घरको ढोकामा लात्ता प्रहार गरेका थिए’ सुमाया भन्छिन्,‘घर भित्र छिरेपछि उनीहरुले बुबालाई घरमा अन्य मान्छे छन् कि छैनन् भनेर सोधेका थिए।’

जब उनका बुबाले घरमा अरु कोही छैनन् भनेका थिए प्रहरीले ढाढेको भन्दै खोजतलास गरेका थिए।

त्यो समयमा खिन म्यो चित डरले आफ्नो बुबाको काखमा गएकी थिइन्। प्रहरीले बालिका भएको थाहा पाउँदा पाउँदै उनीमाथि गोली प्रहार गरेको थियो।

म्यान्मार मुस्लिम मिडिया संचार माध्यमका अनुसार बालिकाका पिता यु मुआङ को हासिन बाइले आफ्नी ७ बर्षकी छोरीको मृत्युको अन्तिम क्षणको बारेमा बताएका छन्।

उनी भन्छन्,‘छोरीले गोली लागेपछि म चोट खप्न सक्दिन बुबा, मलाई धेरे दुखेको छ भनेकी थिइन्।’

उनका १९ वर्षका छोरामाथि पनि प्रहरीले कुटपिट गरेका थिए। हाल उनलाई प्रहरीले गिरफ्तार गरेर हिसासतमा लिएको छ। प्रहरीले बालिकाको मृत्युको घटनाबारे कुनै प्रतिक्रिया जनाएको छैन।

सेभ द चिल्ड्रेनले बालिका मृत्युको घटनालाई भयान भनेको छ। सोही दिन प्रहरीले एक १४ वर्षका किशोरको पनि गोली हानेर हत्या गरेको सेभ द चिल्ड्रेनको भनाइ छ।

सैन्य शासनको पृष्ठभूमि

म्यान्मारमा गत फेब्रुअरी १ देखि सैन्य शासन लागू भएको छ र त्यसयता लगातार म्यान्मारमा लोकतन्त्र पुनर्स्थापनाको माग गर्दै त्यहाँका नागरिकले आन्दोलन चर्काएका छन्।

यसबीचमा सेना तथा प्रहरीले प्रदर्शनमाथि लगातार दमन गरिरहेको अधिकारवादी संस्थाहरुले जनाएका छन्। उनीहरुले गोली नै चलाउने गरेका छन्।

यद्यपी जुन्ता शासकविरुद्धको प्रदर्शन रोकिएको छैन।

सेभ द चिल्ड्रेनका अनुसार मंगलबारको घटनासँगै सेना तथा प्रहरीको गोली लागेर म्यान्मारमा २० बालबालिकाको मृत्यु भइसकेको छ।

अर्को संस्था एएपीपीले म्यान्मारमा हालसम्म सेनाले २६१ नागरिकको ज्यान लिएको बताएको छ। तर सेनाले भने हालसम्म १६४ प्रदर्शनकारीको मात्र ज्यान गएको बताएको छ।

सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएका हुन्।

धाँधली गरेर सुचीको पार्टीले चुनाव जितेको भन्दै सेनाले सत्ता हातमा लिएका थिए। एक वर्षपछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने जुन्ता शासकको भनाइ छ।

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

म्यान्मारमा सैन्य कूपछिकै रक्तपातपूर्ण घटना, सेनाद्वारा एकैदिन ३८ प्रदर्शनकारी मारिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .