राजनीति


म्यान्मारका जनतामाथि सेनाको हवाई कारवाही, बम आक्रमणपछि ३ हजार थाइल्यान्ड भागे

म्यान्मारका जनतामाथि सेनाको हवाई कारवाही, बम आक्रमणपछि ३ हजार थाइल्यान्ड भागे

नेपालखबर
चैत १६, २०७७ सोमबार ८:५७,

सीमा क्षेत्रमा विमान तथा हेलिकप्टरबाट सेनाले सर्वसाधारणमाथि हवाई कारवाही गरेको अल्जाजिराले जनाएको छ।

दक्षिणपूर्वी राज्य करेन राज्यमा जातीय सशस्त्र समूहद्वारा नियन्त्रित क्षेत्रमा हवाई कारवाही भएको बताइएको छ।

मुट्र जिल्लामा हवाई आक्रमण तथा बम प्रहार हुँदा ३ हजार मानिस ज्यान जोगाउन थाइल्यान्ड भागेको बताइएको छ।

करेन वुमन्स अर्गनाइजेसनले एउटा विज्ञप्तीमा भनेको छ,‘सेनाले हवाई कारवाही गरेपछि गाउँलेहरु जंगलमा लुक्न बाध्य भएका छन्। ३ हजार सीमा पार गरेर थाइल्यान्डको शरणमा पुगेका छन्।’

‘हामी सेनाको अत्याचारमाथि अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियाको माग गर्दछौं। हामी यो सन्देश पठाउन चाहन्छौं कि सेनाले दण्डहीनताको साथ काम गर्न सक्दैन’ विज्ञप्तीमा भनिएको छ।

गत शनिबार सेना तथा प्रहरीले एकैदिन ११४ प्रदर्शनकारीलाई गोली हानी मारेका थिए। लोकतन्त्र पुनस्र्थापनाको माग गर्दै सैन्य शासनविरुद्ध प्रदर्शन भइरहेको हो।

सेनाको दमनबीच पनि प्रदर्शन रोकिएको छ। हालसम्म यहाँ ४ सयभन्दा बढी प्रदर्शनकारीको ज्यान गइसकेको छ।

सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएका थिए।

धाँधली गरेर सुचीको पार्टीले चुनाव जितेको भन्दै सेनाले सत्ता हातमा लिएका थिए। एक वर्षपछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने जुन्ता शासकको भनाइ छ।

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

म्यान्मारमा बुबाको काखमै रहेकी बालिकामाथि गोली प्रहार!

म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

म्यान्मारमा बढ्दै हिंसा, सुरक्षाकर्मीले मारे बच्चासहित एकैदिन ९० भन्दा बढी प्रदर्शनकारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .