राजनीति


म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं

म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ६:४९,

त्यसयता लोकतन्त्र पुनर्स्थापनाका लागि दैनिक हजारौं सर्वसाधारणले सेनाको विरोध गरिरहेका छन्।

सेना तथा प्रहरीले प्रदर्शनकारीलाई रोक्न खोज्दा हिंस्रक झडप पनि दैनिक भइरहेका छन्।

सो क्रममा सेना तथा प्रहरीको गोली लागेर हालसम्म ६० भन्दा बढीको ज्यान गएको तथ्यांक छ।

यसबीचमा हालै म्यान्मारका केही प्रहरी देश छाडेर भारत पुगेका छन्।

म्यान्मारको सैन्य शासकले भारत भागेका प्रहरीलाई स्वदेश फर्काउन भारतसँग आग्रह गरिसकेको छ।

यसक्रममा प्रहरीले आफूहरुले किन देश छाडेको भनेर बीबीसीसँग खुलेर कुरा गरेका छन्।

जसबाट म्यान्मारको सेनाले त्यहाँका सर्वसाधारणलाई दमन गर्न नियोजित रुपमा बल प्रयोग गरेको प्रस्ट हुन्छ।

ती प्रहरीहरुले बीबीसीसँग भनेका छन्,‘सैन्य शासकको सर्वसाधारणमाथि गोल चलाउन आदेश दिएपछि हामी आदेशको पालना गर्न नसकेर हामी भारत भागेका हौं।’

Myanmar forces fire rubber bullets, warning shots at protesters | Protests  News | Al Jazeera

उनीहरु यतिबेला भारतको मिजोरम राज्यमा लुकेर बसिरहेका छन्। २७ वर्षका नाइंग ‘परिवर्तित नाम’ पनि प्रहरी हुन्।

सर्वसाधारणमाथि गोली चलाउने आदेश आएपछि विना कारण उनीहरुको हत्या गर्न साहस नआएपछि आफू भारत आएको उनको भनाइ छ।

त्यस्तै अर्का प्रहरी अधिकारी भन्छन्,‘सैन्य शासनको विरोध गरिरहेका सर्वसाधारणमाथि नोक्सान पुर्याउन र उनीहरुको ज्यान लिन बाध्य बनाइएपछि म भारत आए। मलाई लाग्छ सत्या हत्याएर सेनाले गल्ती गरेका छन्।’

म्यान्मारका सेनाले गत फेब्रुअरीदेखि सत्ता हातमा लिएका छन्। लोकतान्त्रिक नेतृ आङ साङ सूची, राष्ट्रपति विन मिन्ट लगायतका शीर्ष नेताहरुलाई हिरासतमा लिइएको छ।

सेनाले गत नोभेम्बरको चुनावमा सुचीको पार्टीले धाँधली गरेर बहुमत ल्याएको आरोप लगाएका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार १९ प्रहरी भारत भागेर पुगेका छन्।

Myanmar police kill 2 in bloodiest day of anti-coup protests | Protests  News | Al Jazeera

यसअघि नै म्यान्मार सरकारको दमनमा परेको भन्दै रोहिन्ज्या मुसलमान समुदायका सयौं मानिसहरु भारतमा शरणार्थी जीवन विताइरहेका छन्।

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

 जुन्ता शासकले जनतामाथि क्रुर व्यवहार गर्न लगाएपछि म्यान्मारका १९ प्रहरी भारत भागे

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

म्यान्मारमा सैन्य कूः चीनविरुद्ध पनि विरोध सुरु, मृतकको संख्या ६० भन्दा बढी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .