राजनीति


यस्तो छ रास्वपा नेतृत्व चयनको भित्री ‘मोडालिटी’

यस्तो छ रास्वपा नेतृत्व चयनको भित्री ‘मोडालिटी’

रास्वपाको पहिलो पहिलो महाधिवेशनको उदघाटन घण्टी बजाएर गरिएको थियो। अरु पार्टीका नेताले पनि घण्टी बजाएका थिए।


नेपालखबर
असार ७, २०८३ आइतबार २१:३५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनको उदघाटन सत्र आइतबार पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गरेका छन्। भोलि सोमबारका लागि विधान संशोधन प्रस्तावमा छलफल तथा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइनेछ।

सभापतिले मनोनयन गर्ने ५० जना सहित केन्द्रीय समितिमा १५१ जना चयन हुनेछन्। रास्वपा महाधिवेशनमा अब के के हुनेछ? ७ बुलेटमा थाहा पाउनुहोस्:

  • आज आइतबार बिहान ९ बजेदेखि भोलि बिहान ९ बजेसम्म प्रतिनिधिको नामबलीमा दाबीविरोध, गल्ती भएमा सच्याउन २४ घण्टाको समय दिइएको छ। यो समय भोलि सोमबार बिहान ९ बजे सकिनेछ। बिहान १० बजे प्रतिनिधिहरूके अन्तिम सूची प्रकाशन हुनेछ। 
  • केन्द्रीय सदस्य पदका आकांक्षीहरुले भोलि नै उम्मेदवारी मनोनयन गर्नुपर्नेछ। उम्मेदवारविरुद्ध दाबीविरोध वा मनोनयन फिर्ता लिन समय दिइनेछ। यी दुवै प्रक्रिया पार गरेका उम्मेदवारहरुको अन्तिम नामावली सोमबार नै प्रकाशन गरिनेछ।
  • रास्वपाका ४ हजार प्रतिनिधि छन्। प्रवासमा रहेका प्रतिनिधिले मोबाइल एपबाट र चितवनमा उपस्थितहरुले इलेक्ट्रिक भोटिङ मेसिनबाट मतदान गर्नेछन्। मतपरिणाम आउन विलम्ब हुने छैन। 
  • सबैभन्दा पहिला ९९ जना केन्द्रीय सदस्य र एक जना पार्टी सभापतिका लागि मतदान हुनेछ। सभापतिमा रवि लामिछाने एकल उम्मेदवार हुने सम्भावना प्रबल रहेकाले उनी निर्विरोध निर्वाचित हुनसक्छन्। 
  • निर्वाचित भएका ९९ जनामध्येबाट सभापति बाहेकका अरु पदाधिकारी पदमा उम्मेदवार दिन पाउँछन्। प्रस्तावित विधानअनुसार हरेक प्रदेशबाट दुई जना महिलासहित ५ जनाले पदाधिकारीमा उम्मेदवारी दिन सक्छन्। यदि निर्वाचनभन्दा अगाडि महाधिवेशनले अहिले रहेको यो प्रस्ताव परिवर्तन गरेमा यो व्यवस्था फेरिनेछ। कहाँबाट कति उम्मेदवार हुन पाउने भन्ने नयाँ नियम बन्नेछ।
  • पदाधिकारी छान्न हुने निर्वाचनमा सभापतिले मनोनित गर्ने केन्द्रीय सदस्यले मतदान गर्न पाउने छैनन्।  
  • निर्वाचित भएका र सभापतिले मनोनित गरेका गरी रास्वपाका कूल १५१ केन्द्रीय सदस्य हुनेछन्। यसमा सभापतिले ५० जना मनोनित गर्नेछन्। 

यस्तो छ, आधिकारिक तालिका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad