राजनीति


अब देशलाई सही बाटोमा अगाडि बढाउनेछौँ: केपी ओली

अब देशलाई सही बाटोमा अगाडि बढाउनेछौँ: केपी ओली

नेपालखबर
असार १७, २०८३ बुधबार २०:३, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशलाई सही बाटोमा अगाडि बढाउन पनि एकताबद्ध हुनुपर्ने बताएका छन्। 

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बुधबार आयोजित निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले सम्पर्क विशेष सङ्गठन कमिटीसँग आयोजना गरेको सुझाव सङ्लन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एकतामा जोड दिएका हुन्। आफूहरू सरकारमा रहँदा राम्रो काम गरेको र फेरि पनि देशलाई सही बाटोमा बढाउने जिकिर गरे। 

‘देशको राजनीतिक, सामाजिक परिवर्तनमा नेकपा (एमाले)को भूमिका असाधारण रहेको छ, अब पनि देशलाई सही बाटोमा अगाडि बढाउने छौँ,’ ओलीले भने।

गत फागुन २१ चुनावमा सोचेअनुसार, परिणाम नआएपछि फेरि उठ्ने उनको भनाइ थियो। ‘हामी फेरि पनि उठ्न सक्छौँ। पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ,’ ओलीले भने। 

यसका लागि कम्युनिस्ट पार्टीबीच कार्यगत एकताको जरुरी रहेको उनले बताए। अहिले नीति, विचार, उद्देश्य बोकेर अगाडि बढ्न चाहने व्यक्ति तथा पार्टीसँग कार्यगत एकता गरिने उनको भनाइ थियो। 

कार्यक्रममा एमालेका उपाध्यक्ष एवं कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, नेता लालबाबु पण्डितलगायतको उपस्थिति रहेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad