नेपालको पासपोर्ट छपाइ प्रक्रियालाई लिएर सरकार तरंगित भइरहँदा काठमाडौंस्थित जर्मन दूतावासले प्रस्टीकरण दिएको छ।
बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई विदेश मन्त्रालय बोलाएर ‘समन’ नगरिएको काठमाडाैंस्थित जर्मन दूतावासले जनाएको छ। त्यससम्बन्धी मिडियाका समाचार गलत र भ्रामक रहेको भन्दै जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत (चार्ज–डे अफेयर्स) लाई निमन्त्रणा गरिएको तर सोधपुछका लागि ‘समन’ नगरिएको प्रस्ट्याएको हो।
कुटनीतिमा निमन्त्रणा गर्नु र समन गर्नुमा ठूलो भिन्नता हुन्छ। चिया, कफी पिउन, सामान्य भेटघाट गर्न निमन्त्रणा गर्नु सामान्य कुरा हो। समन यो भन्दा फरक सन्दर्भ र फरक विषय हो। आदेशको शैलीमा निर्देशन दिने काम 'समन' हो। यही विषयमा दूतावासले प्रष्ट पारेको हो।
‘सुन्दा सानो भिन्नता जस्तो लाग्न सक्छ तर कुटनीतिमा यसको ठूलो महत्व रहन्छ’, नेपाली कुटनीतिज्ञलाई विरोधपत्र वा अन्य कागजात हस्तान्तरण नगरिएको भन्दै जर्मन दूतावासले भनेको छ।
अदालती प्रक्रियाको सम्भावित परिणामबारे पनि कसैलाई चेतावनी नदिइएको उसको भनाइ छ।
‘न्यायपालिकाको स्वतन्त्रता जर्मनीको संविधानमै उल्लेख भएको स्वतन्त्रता हो, त्यसलाई हामी सम्मान गर्दछौँ’, काठमाडौंस्थित जर्मन दूतावासले बुधबार बिहान भनेको छ, ‘दूतावासले अदालतमा चलिरहेको मुद्दाबारे कुनै टिप्पणी गर्दैन। र यो मामिलामा पनि हामीले कहिलै त्यसो गरेको छैनौँ।’
यो पनि: रविको बलियो ‘ब्याकअप’ पाएपछि पासपोर्ट काण्डमा बालेन टिमलाई ‘ब्याक’ गराउन सफल भए शिशिर
Shares

प्रतिक्रिया