प्रतिनिधिसभा बैठक जारी छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी बैठकमा त्रिभुवन विमानस्थल परिसरबाट बरामद भएको एक सय किलो सुन प्रकरणको विषयले माहोल तताएको छ।
बैठकमा बोल्ने अधिकांश सांसदहरूले सुन तस्करीको विषयमा सरकारको जवाफ माग्दै जरैसम्म पुगेर अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै बैठकको सुरुमा केहीबेर अवरोध समेत गरेको थियो।
लगत्तै प्रमुख सचेतक पदम गिरीलाई आफ्नो धारणा राख्न लगाएर सभामुख देवराज घिमिरले बैठक अघि बढाएका छन्।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सांसद सुनिल शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, नेमकिपा सांसद प्रेम सुवाल, आम जनता पार्टीका सांसद प्रभु साह, राप्रपा सांसद ज्ञानेन्द्र शाही लगायतले आफ्नो धारणा राखेका छन्।
यो पनि पढ्नुहोस्:
तस्बिरहरूः











Shares

प्रतिक्रिया