राजनीति


सुन तस्करलाई शासकहरुले दुहुनो गाई बनाए : प्रेम सुवाल

सुन तस्करलाई शासकहरुले दुहुनो गाई बनाए : प्रेम सुवाल

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८० बुधबार १५:५८, काठमाडौँ

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल १० वर्षयता त्रिभुवन विमानस्थल हुँदै ४ हजार १०० केजी अवैध सुन भित्रिएको बताएका छन्। 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। 

‘१० वर्षमा त्रिभुवन विमानस्थलबाट ४ हजार १०० केजी सुन कसरी तस्करी भयो। कुन कुन गृहमन्त्रीको पालामा सुन तस्करी भयो? कारबाही हुनुपर्छ’, उनले भने, ‘शासकहरुले सुन तस्करलाई अहिले दुहुनो गाई बनाएका छन्। उच्च तहका को को संलग्न छन्, सबैलाई कारबाही हुनुपर्छ।’

सुवालले सीमा र देशको रक्षा गर्ने भूमिका पाएको सेनालाई ठेक्का दिएर काम लगाउने क्रम पनि बन्द गरिनुपर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .