राजनीति


सत्तारुढ दलकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

सत्तारुढ दलकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

संसद् बैठकमा बोल्दै सुनिल शर्मा। तस्बिर : सरोज बैजु


नेपालखबर
साउन १०, २०८० बुधबार १५:२८, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।

बुधबार संसद बैठकमा बोल्दै उनले सय किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन्।

‘कि मुख्य नाइके पक्रिनुपर्यो, होइन भने मुख्य नाइके पत्ता नलागेसम्म प्रजातान्त्रिक व्यवस्थालाई स्वीकार गर्नुपर्छ’ उनले भने।

उनले प्रधानमन्त्रीको आगमन भएपछि संसदभित्र आमरण अनसन बस्ने चेतावनीसमेत दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .