आमजनता पार्टीका सांसद प्रभु साहले देशमा फेरि लोडसेडिङ घोषणा गर्न आग्रह गरेका छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।
‘यो देशमा लोडसेडिङ छ कि छैन? यदि छैन भने तराई मधेशमा दिन दिनै किन काटिन्छ बिजुली?’, उनले भने, ‘छिन छिनमै लाइन काटिएर तराईमा बाँच्नै नसक्ने अवस्था छ। पाँच दिन लाग्छ १० कठ्ठा खेतमा सिँचाइ गर्न। एक घण्टामा अलिकति भिजायो फेरि जान्छ, कृषकले भोगेको सास्ती भनिसाध्य छैन।’
उनले सरकारसँग लोडसेडिङ हो भने जनतालाई भनिदिन आग्रह गरे। ‘विद्युत् प्राधिकरणको लापरबाहीले तराई मधेशका मानिसको जीवन नारकीय भएको छ’, उनले भने, ‘रौतहटमा केही महिनायता २४/२५ जनाको मृत्यु करेन्ट लागेर भयो। प्राधिकरणको यो लापरबाहीको जिम्मेवारी कसले लिने?’
72
Shares
प्रतिक्रिया