राजनीति


भरिया समातेर नाइकेलाई संरक्षण गरियो : रवि लामिछाने

भरिया समातेर नाइकेलाई संरक्षण गरियो : रवि लामिछाने

नेपालखबर
साउन १०, २०८० बुधबार १५:३७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीका नाइकेलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन्।

बुधबार संसद बैठकमा बोल्दै सांसद लामिछानेले सरकारले ट्याक्सी ड्राइभर र सुन बोक्ने भरियालाई समातेर मालिकको संरक्षण गरेको आरोप लगाए।

उनले सरकारले विभिन्न भ्रष्टाचारका प्रकरणमा अलि अलि गर्न खोजेजस्तो गर्ने तर जरासम्म नपुग्ने गरेको बताए।

उनले सुन तस्करी प्रकरणबारे रास्वपाले संसदमा संकल्प प्रस्ताव पेश गरेको जानकारी दिँदै त्यसमाथि छलफल गराउन सभामुखसँग आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .