राजनीति


जगदीश खरेलले फिर्ता लिए महामन्त्री पदको उम्मेदवारी

जगदीश खरेलले फिर्ता लिए महामन्त्री पदको उम्मेदवारी

जगदीश खरेल (बायाँ): रास्वपाको महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्दाको तस्बिर


नेपालखबर
असार १२, २०८३ शुक्रबार ९:४८, काठमाडौँ

जगदीश खरेलले रास्वपा महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्। 

चुनाव हुनुअघि शुक्रबार बिहान उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिइएको घोषणा गरेका हुन्। 

उनले लेखेका छन्, ‘सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु। लामो बाटो तय गर्नुछ..।’

रास्वपामा दुई महामन्त्री हुनेछन्। जसमध्ये एकजना चुनावबाट चुनिनेछन् भने र एक जना सभापतिले मनोनयन गर्नेछन्।

बिहीबार ९९ सदस्य पदको निर्वाचन सकिएसँगै आज ६ पदाधिकारीका लागि मतदान हुँदै थियो। 

यसअघि पुरुष उपसभापतितर्फ अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।

चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदका अर्का उम्मेदवार विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा चुनिएका हुन्।

यसअघि सभापति पदमा असार ९ गते नै रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad