राजनीति


सेनाको संख्या कटौतीबारे लिङदेनले मागे सरकारको धारणा

सेनाको संख्या कटौतीबारे लिङदेनले मागे सरकारको धारणा

नेपालखबर
साउन १०, २०८० बुधबार १५:५१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाली सेनाको संख्या कटौती गर्ने भनेर आइरहेका विभिन्न प्रस्तावबारे सरकारको धारणा माग गरेका छन्।

बुधबार संसद बैठकमा बोल्दै उनले रक्षामन्त्रीको धारणा मागेका हुन्।

उनले खर्च घटाउन सेनाको संख्या कटौती गर्ने होइन, प्रदेश संसचना खारेज गर्नुपर्ने बताए।

‘अहिले नेपाली सेनाको संख्या घटाउने कुराहरु आइराखेका छन्, वा सेनाविहीन देश बनाउने कुरा आइरहेका छन्। म यसमा माननीय रक्षामन्त्रीको धारणा माग गर्दछु’ उनले भने ‘सरकारको खर्च घटाउन सेनाको संख्या कटौती गर्ने होइन, प्रदेश खारेज गर्नुपर्छ। किन चाहियो प्रदेश? केन्द्रमा किन चाहियो दुईवटा सभा? स्थानीय तहलाई प्रभावकारी बनाऔँ, प्रदेश खारेज गरौँ।’

लिङदेनले सुन तस्करी प्रकरणमा सरकारले मुख्य मालिकहरुको संरक्षण गरेको आरोप पनि लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .