राजनीति


रास्वपा निर्वाचन : स्वर्णिमले २६०७ मत ल्याउँदा सोविताको २५९५

रास्वपा निर्वाचन : स्वर्णिमले २६०७ मत ल्याउँदा सोविताको २५९५

नेपालखबर
असार ११, २०८३ बिहिबार २१:९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। अहिले ८० वटा भोटिङ मेसिनबाट संकलित मतपरिणाम सार्वजनिक भएको हो।

सो मतपरिणामअनुसार केन्द्रीय सदस्य खुलातर्फ डा. स्वर्णिम वाग्लेले २६०७ मत ल्याएका छन्। गणेश पराजुलीले २०४५, मनिष झाले २२३७, सोविता गौतमले २५९४, विपिनकुमार आचार्य २१२६, शंकर श्रेष्ठले १४८४, कविन्द्र बुर्लाकोटीले २१८४, क्रान्तिशिखा धितालले १४८९ मत प्राप्त गरेका छन्।

त्यस्तै शिशिर खनालले २४९५, राजुनाथ पाण्डेले १८१२, अनुष्का श्रेष्ठले १३५३, डा. तोशिमा कार्कीले २२५७, विराजभक्त श्रेष्ठले २०९४ मत प्राप्त गरेका छन्।

यसपछि प्रवासबाट गरेको मत परिणाम पनि सार्वजनिक गरिनेछ। ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad