राजनीति


संसद्‌मा रविको प्रश्न- सुन प्रकरणपछि कर्मचारीको सरुवा गर्ने कि बर्खास्त?

ठूलो सेटिङमा सुन तस्करी भएको भन्दै जनतालाई बानी परिसकेको भनाइ
संसद्‌मा रविको प्रश्न- सुन प्रकरणपछि कर्मचारीको सरुवा गर्ने कि बर्खास्त?

बुधबार संसद्‌मा बोल्दै रास्वपा सभापति रवि लामिछाने (तस्बिर : सरोज बैजु)


नेपालखबर
साउन १०, २०८० बुधबार १५:५६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले क्विन्टलका क्विन्टल सुन आउनु नेपाली जनताका लागि अचम्मको विषय नभएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले जनताले यो विषयलाई बानी पारिसकेको बताएका हुन्। 

‘क्विन्टलका क्विन्टल सुन आउनु र सामान्य मान्छे पर्नु नेपाली जनताले अचम्म मानेका छैनन्। नेपाली जनताले यसलाई बानी पारिसकेका छन्। जब यस्ता घटना आउँछन् तब कर्मचारीको सरुवा हुन्छ,’ सभापति लामिछानेले भने

साथै, उनले यस्तो गम्भीर विषयमा सम्बन्धित निकायका कर्मचारीलाई बर्खास्त गर्नुपर्नेमा सरुवा गरेर पुरस्कार दिन खोजिएको बताए। 

‘सरुवा भनेको कारबाही हो, कारबाही गरिएको हो कि पुरस्कार गरिएको हो? यस्ता गम्भीर विषयमा विभिन्न निकायका कर्मचारीलाई बर्खास्त गर्नुपर्ने हो कि तुरुन्त यसलाई साटफेर गर्नुपर्ने हो?,’ उनले भने।

साथै, उनले यसरी गम्भीर विषयमा हल्का रुपमा कर्मचारीलाई सरुवा गरेर सूचना लुकाउने र अनुसन्धानलाई प्रभावित पार्ने समय मिलेको दाबी गरे। 

‘यसरी डामेर छाडेपछि त्यहाँ भएका सूचनाहरु लुकाउने समय मिल्यो, अनुसन्धानलाई प्रभावित पार्ने समय मिल्यो, कतिलाई फोन फम्र्याट गर्ने समय मिल्यो होला, कतिलाई टेलिभिजनमा गएर तामातोल्सी खाएर कसम खाने समय मिल्छ होला,’ उनले भने, ‘कतिलाई मिडिया न्यारेटिभ बनाउन समय मिल्छ होला।  यो गम्भीर विषयमा हल्का रुपमा केही मान्छेलाई सरुवा गरेर मात्र हुन्छ?’

उनले विमानस्थलबाट भित्रिएको सुनमा ठूलो सेटिङ निरन्तर चल्दै आइरहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .