राजनीति


रास्वपा पदाधिकारी उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्री पदमा ९ उम्मेदवार

रास्वपा पदाधिकारी उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्री पदमा ९ उम्मेदवार

नेपालखबर
असार १२, २०८३ शुक्रबार १०:५०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि उम्मेदवारी दिएकाहरूको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार बिहान पदाधिकारीका लागि उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली प्रकाशन गरेको हो।

सार्वजनिक सूची यस्तो छ: 

एक उपसभापति (महिला) पदमा सोबिता गौतम र तोसिमा कार्की। 

एक महामन्त्री पदमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य। सूचीमा जगदीश खरेल रहे पनि उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिइसकेका छन्।

सहमहामन्त्री (खुला) २ पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन्। जसमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्त छन्।

सहमहामन्त्री (महिला) १ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ। जसमा जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा छन्।

सभापति पदमा रवि लामिछाने र एक उपसभापतिमा भने स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad