कारोबार


सुन तस्करी प्रकरण : निलम्बित कर्मचारी र भन्सार एजेन्टसहित ६ जना पक्राउ

सुन तस्करी प्रकरण : निलम्बित कर्मचारी र भन्सार एजेन्टसहित ६ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८० आइतबार १७:२१, काठमाडौँ

हङकङ हुँदै नेपाल भित्र्याइएको १०० किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको छ। 

राजस्व अनुसन्धान विभागको टोलीले उनीहरुलाई आइतबार हिरासतमा लिएको हो। 

निलम्बनमा परेर पक्राउ पर्ने कर्मचारीहरुमा भन्सार अधिकृत सन्तोष चन्द, खरिदार  कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन्। 

भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पनि पक्राउ परेका छन्। उनीहरुलाई छानबिनको दायरा बढाउन समातिएको विभागका एक अधिकारीले नेपालखबरलाई बताए।

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad