कारोबार


नेपालमा मेरियट भित्र्याएका शशीकान्तले नै ल्याए अर्को उच्चस्तरीय ब्रान्ड जेडब्लु, नौ अर्ब लगानी

नेपालमा मेरियट भित्र्याएका शशीकान्तले नै ल्याए अर्को उच्चस्तरीय ब्रान्ड जेडब्लु, नौ अर्ब लगानी

नेपालखबर
जेठ २५, २०८३ सोमबार १८:३०, काठमाडौँ

संसारकै सबैभन्दा ठूलो आतिथ्य कम्पनीमध्येमा पर्ने मेरियट इन्टनरनेसनलाई सबैभन्दा पहिले नेपाल भित्र्याउने व्यक्ति हुन् उद्योगी एवं होटल व्यवसायी शशीकान्त अग्रवाल।

एमएस ग्रुपमा अध्यक्ष समेत रहेका अग्रवालले एक दशकअघि मेरियट इन्टरनेसनलकै सेलेक्ट क्याटगोरीको ब्राण्ड फेयरफिल्ड नेपाल ल्याएका थिए। 

काठमाडौँको ठमेलमा अग्रवालले करीब एक अर्ब रुपैयाँको लगानीमा बनाएको उक्त होटलको व्यवस्थापन मेरियटको फेयरफिल्डले गरिरहेको छ। 

उनै अग्रवालले त्यसपछि पाँच तारे होटल मेरियट काठमाडौँ सञ्चालन गरे। लगत्तै मेरियटकै अर्को ब्राण्ड मोक्सी पनि कमलादीमा सञ्चालनमा आयो। 

उनै अग्रवालले भक्तपुरको राधेराधेमा मेरियट इन्टरनेसनलकै उत्कृष्ट ब्राण्ड जेडब्लु मेरियट सञ्चालन गर्ने भएका छन्। 

मेरियट इन्टरनेसनलका अध्यक्ष जेडब्लु मेरियट नेपाल आएको अवसरमा एमएस ग्रुप अन्तर्गतको क्यापिटल हस्पिटालिटीले जेडब्लु मेरियट ब्राण्डमा होटल सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

सोमबार बिहान मेरियट काठमाडौँमा मेरियट इन्टरनेसनलका अध्यक्ष डेभिड मेरियट र व्यवसायी शशीकान्त अग्रवालले जेडब्लु मेरियट नेपाल भित्र्याउने सम्झौतामा हस्ताक्षर गरेका हुन्।

नेपालमा सबैभन्दा पहिले मेरियट ब्राण्ड भित्र्याउने उनै अग्रवालले मेरियटको लक्जरी ब्राण्ड जेडब्लु मेरियट पनि ल्याएका छन्।

भक्तपुरमा आगामी चार वर्षमा होटल निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी रहेको अग्रवालले नेपालखबरसँगको कुराकानीमा बताए। उक्त होटलमा नौ अर्ब रुपैयाँ लगानी हुने उनले बताए।

'दशैँलगत्तै होटल निर्माणको काम सुरु गर्छौ। चार वर्षमा होटल सञ्चालमा ल्याउँछौं' अग्रवालले भने। 

जेडब्लु मेरियट ब्राण्डमा विश्वभरका ३८ देशमा १२५ होटल सञ्चालनमा आइसकेका छन्। मेरियट इन्टरनेसल अन्तर्गतका ब्राण्ड अन्तर्गत १४६ देशमा ९ हजार ९ सयभन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad