कारोबार


सबैजसो विदेशी मुद्रा महँगिए

सबैजसो विदेशी मुद्रा महँगिए

नेपालखबर
जेठ २६, २०८३ मंगलबार ५:२२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा 
थियो।

यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरी आज युरो १ को खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा कायम गरिएको छ। हिजो युरो १ को खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ २८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०८ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा थियो। 

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ४० पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ९१ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ६६ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad