त्रिभुवन विमानस्थल परिसरबाट बरामद भएको एक क्वीन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप व्यक्तिविरुद्ध जरुरी पक्राउ पुर्जी लिएको छ।
बिहीबार उच्च अदालत पाटनबाट थप व्यक्ति पक्राउ गर्नका लागि जरुरी पक्राउ पुर्जी जारी भएको राजस्व अनुसन्धान विभाग स्रोतले नेपालखबरलाई जानकारी दियो।
यसअघि यो प्रकरणमा ६ जना पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरूलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि उच्च अदालत पाटनले अनुमति दिइसकेको छ।
बुधबार बिहान विमानस्थल परिसरबाट ट्याक्सीमा बाहिर लैजाँदैगर्दा एक सय किलो सुन पक्राउ परेको थियो।
पक्राउ परेको सुन बिहीबार नेपाल राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामा लगी जोखिएको छ। उक्त सुन जोख्दा १५५ केजी रहेको अनुसन्धान विभाग स्रोतले बताएको छ।
यो पनि पढ्नुहोस्ः
Shares

प्रतिक्रिया