हवाई मार्ग हुँदै ल्याइएको एक सय केजी सुन बुधबार बरामद भएपछि राजस्व अनुसन्धान विभागको टोलीले सक्रियता बढाएको छ।
भन्सार जाँचपास भइसकेर ट्याक्सीमा सिनामंगलतर्फ लैजाँदै गरेको अवस्थामा बुधबार करिब एक क्विन्टल सुन विभागको टोलीले बरामद गरेको थियो।
उक्त परिमाणको सुन पाँच दिनसम्म विमानस्थल भन्सारमै राखेर बुधबार निकालिएको दाबी स्रोतले गरेको छ।
यस्तोमा बुधबार गन्तव्यमा पुर्याउने गरी निकालिएको उक्त सुन विभागको टोलीले बाटैमा बरामद गरेको थियो।
बरामद उक्त सुन बुधबारै राष्ट्र बैंक लगिएको थियो। एक क्विन्टल सुन बरामद भइसकेपछि राजस्व अनुसन्धान विभागले बिहीबार फेरि विमानस्थल भन्सारमा छापा मार्ने तयारी गरेको छ।
हङकङसहित विभिन्न रुटबाट भित्रिएको अवैध सुन अझै विमानस्थलमा होल्डमा रहेको सूचनापछि विभागको टोली अहिले त्यहाँ पुगेको छ।
विभागको टोलीले विमानस्थल भन्सारमा खानतलासी र छापा मार्न टोली पठाइसकेको एकजना अधिकारीले नेपालखबरलाई बताए।
सम्बन्धित समाचार
- सुनकाण्डमा कसरी जोडिए कृष्णबहादुर महराका बाबुछोरा?
- सय किलो सुन बरामद प्रकरण : एजेन्टसहित समातिए ६ जना
- यी हुन् सय किलो सुन बरामद प्रकरणमा पक्राउ परेका ४ जना
- सय किलो सुन बरामद प्रकरण : भन्सार अधिकृत चन्द निलम्बन
- सय किलो सुन बरामद प्रकरण : गृहमन्त्रीले बोलाए भन्सारका महानिर्देशकलाई
- विमानस्थलमा बरामद सुनमा मेरो हात छैन, तस्करसँग चिनजान पनि छैन : दीपक मल्होत्रा
- बरामद सय केजी सुन राष्ट्र बैंकबाट विमानस्थल भन्सारमै फर्काइयो
- ‘सुन तस्करीमा संलग्न भए भागिसक्थेँ, पुष्टि भएमा सजाय भोग्न तयार छु‘
- त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद
- पछिल्लो समय विमानस्थलबाट भित्रिने गरेको थियो दैनिक क्विन्टल अवैध सुन
- राजस्व चुहावट रोक्नकै लागि प्रचण्डले राजस्व विभागको डीजी बनाएका थिए ढुंगानालाई
Shares
प्रतिक्रिया