कारोबार


‘सुन तस्करीमा संलग्न भए भागिसक्थेँ, पुष्टि भएमा सजाय भोग्न तयार छु’

‘सुन तस्करीमा संलग्न भए भागिसक्थेँ, पुष्टि भएमा सजाय भोग्न तयार छु’

तस्बिर : सरोज बैजु


नेपालखबर
साउन ४, २०८० बिहिबार १३:३७, काठमाडौँ

व्यवसायी दीपक मल्होत्राले हङकङबाट अवैध रुपमा भित्र्याएर त्रिभुवन विमानस्थलबाट बरामद भएको सय केजी सुनमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। 

उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका हुन्। उनले यदि यो प्रकरणमा आफ्नो संलग्नता भएको भए देश छाडेर भागिसक्ने बताए। 

‘म र मेरो परिवारको कारोबार राज्यलाई थाहा छ। त्यत्रो सुन आयात गर्न मसम्बद्ध प्रतिष्ठानबाट भुक्तानी पठाउने काम भएको छैन’, उनले भने, ‘मसम्बद्ध कोही कसैको पनि समाचारमा उल्लेखित कोहीसँग मेरो कारोबार र चिनजान पनि छैन। विदेशबाट आएको उक्त वस्तु जाँचपासमा मेरो संलग्नता छैन।’ 

उनले सुन तस्करीमा जोडेर आफ्नो पहिचान र सार्वजनिक छविमाथि धावा बोल्ने काम भएको पनि बताए। 

‘म नेपालमा बसिरहेको छु, काम विशेषले विदेश जानेबाहेक मसँग सम्पर्क नहुने कुरै छैन’, उनले भने, ‘कर्तव्यपरायणता र मिहिनेतले प्रतिष्ठा आर्जन गरेको छु। मैले धेरै लामो समयदेखि कानुनसम्मत व्यापार गरिरहेको छु। मलाई एक पटक नबुझी आरोप लगाउनु गलत हो।’

उनले यो प्रकरणमा आफ्नो निर्दोषिता पुष्टि हुने बताए। ‘मलाई अहिलेसम्म राज्यका कुनै पनि निकायले सोधखोज गरेका छैनन्’, उनले भने, ‘यसअघि पनि मलाई मुछेर समाचारहरु आउने गरेका छन्। यदि यसमा संलग्नता पुष्टि भए म सजाय भोग्न तयार छु।’

उनले विमानस्थल भन्सारमा आफ्नो चिनजान पनि नरहेको बताए। ‘विमानस्थल भन्सारमा मेरो कसैसँग चिनजान छैन। मैले आयात गर्ने भनेको मोबाइल फोन मात्रै हो। त्यो पनि एजेन्टले ल्याइदिने हुन्’, उनले भने, ‘मैले कारोबार राम्रो हुँदा विज्ञापन दिँदै आएको पनि हो। तर अहिले मन्दी भएकाले विज्ञापन दिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .