सय केजी सुन तस्करी प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। राजस्व अनुसन्धानको टोलीले उनीहरूलाई काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा राजन श्रेष्ठ र पुष्करराज भट्ट छन्। श्रेष्ठको ठेगाना खुल्न बाँकी छ। भट्ट भने ट्रान्स ग्लोबल सर्भिस कम्पनीका सञ्चालक रहेको राजस्वका एक अधिकारीले नेपालखबरलाई बताए।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट प्रहरीले एक क्वीन्टल सुन पक्राउ गरेको थियो। यो प्रकरणमा यसअघि राजस्वले ६ जनालाई पक्राउ गरिसकेको छ।
उनीहरू सबैलाई १० दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन उच्च अदालतले अनुमति दिएको छ।
पक्राउ परेकाहरूलाई राजस्व अनुसन्धान विभागमा राखिएको छ।
यो पनि पढ्नुहोस्ः
282
Shares

प्रतिक्रिया