समाज


२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश सपना प्रधान मल्ल

२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश सपना प्रधान मल्ल

नेपालखबर
जेठ २५, २०८३ सोमबार ९:४९, काठमाडौँ

प्रधानन्यायाधीश नियुक्तिपछि २० दिन लामो बिदामा बसेकी सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल इजलास फर्किएकी छन्।

सोमबार सर्वोच्च अदालतमा हाजिर भएकी मल्लले आजैबाट मुद्दाको सुनाइसमेत थाल्ने भएकी छन्।

सोमबार न्यायाधीश मल्लका दुईवटा इजलास तोकिएको छ। मल्लको एकल इजलास र न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलाससमेत छ।

यसअघि कामु प्रधान न्यायाधीशसमेत भइसकेकी मल्ल सरकारले आफूलाई प्रधान न्यायाधीश नियुक्त नगरेपछि असन्तुष्ट बनेकी थिइन्।

सरकारले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि भोलिपल्टै उनी बिदामा बसेकी थिइन्।

बिदामा बसेपछि उनी पहिलोपटक सोमबार अदालतमा हाजिर भएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad