पछिल्लो केही समययता दैनिक एक सय केजी अर्थात एक क्विन्टल हाराहारीमा अवैध सुन त्रिभुवन विमानस्थल हुँदै भित्रिने गरेको खुलेको छ।
बुधबार पनि सय केजी आसपासमा अवैध सुन भित्र्याउन लागिएको सूचना आएसँगै विभागका अधिकारीहरू एलर्ट भएका थिए।
स्कुटर र मोटरसाइकलको पार्ट्ससँगै सुन लुकाएर ल्याएको सूचनापछि विभागले विमानस्थल क्षेत्रमा एउटा टोली बुधबार बिहानैदेखि परिचालन गरेको थियोे।
विमास्थलबाट दैनिक एक सय केजी सुन पास भइरहेको सूचना केही दिनदेखि आएपछि त्यही आधारमा अपरेसन गरिएको राजश्व अनुसन्धान विभागका एक अधिकारीले बताए।
हो।'
अनुमानित एक क्विन्टल सुन अवैध रूपमा भित्र्याउने काममा संलग्न भएको आशंकामा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भन्सार एजेन्ट राजेन्द्रकुमार राई र एकजना ट्याक्सी चालक छन्।
तर ठ्याक्कै कति परिमाण र कुन गुणस्तरको हो भन्ने पत्ता लगाउन आवश्यक जाँच मुचुल्कापछि सबै सुन विभागले नेपाल राष्ट्र बैंकमा पठाइसकेको छ।
हङकङबाट क्याफे प्यासिफिकबाट नेपाल आएका यात्रुको साथबाट विभागको टोलीले उक्त अवैध सुन बरामद गरेको पुष्टि राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले नेपालखबरसँग गरेका छन्।
912
Shares

प्रतिक्रिया