कारोबार


बरामद सुन डेढ सय किलोभन्दा बढी, एकै जनाको भएको अनुमान

बरामद सुन डेढ सय किलोभन्दा बढी, एकै जनाको भएको अनुमान

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८० बिहिबार ८:५१, काठमाडौँ

बुधबार राजस्व अनुसन्धान विभागले काठमाडौंमा बरामद गरेको सुन डेढ सय किलोभन्दा बढी भएको अनुमान गरिएको छ।

बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चेकजाँच पास गरी लाँदै गरिएको अवस्थामा विभागको टोलीले उक्त सुन बरामद गरेको हो। 

‘बरादम सुन १५० भन्दा बढी भएको अनुमान छ’, विभागका एक अधिकारीले बिहीबार बिहान नेपालखबरसँग भने, ‘तर ठ्याक्कै एकिन गर्न भने बाँकी छ।’

यस्तै उक्त सुन एकैजनाको हुनसक्ने उनको भनाइ छ।

सुन भन्सार पास गर्दा मोटरसाइकलको ब्रेक सुल भनी सामान जाँचपास भएको प्रज्ञापनपत्र भेटिएको उनले बताए। 

विभागका ती अधिकारीका अनुसार प्रज्ञापनपत्र र भन्सार एजेन्ट एउटै प्रयोग भएको पाइएकाले बरामद सुन पनि एकै जनाको भएको अनुमान गरिएको हो। 

उक्त प्रकरणमा एक एजेन्टसहित अहिलेसम्म ६ जना पक्राउ परेका  छन्। तर उनीहरूको परिचय खुलाइसकिएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .