अपराध


सय किलो सुन बरामद प्रकरण : एजेन्टसहित समातिए ६ जना

सय किलो सुन बरामद प्रकरण : एजेन्टसहित समातिए ६ जना

नेपालखबर
साउन ४, २०८० बिहिबार ८:३६, काठमाडौँ

राजस्व अनुसन्धान विभागले झण्डै सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत छन्। 

विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ। पक्राउ परेकाको पहिचान खुलाइएको छैन।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो। 

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो।

त्यसपछि आज बिहानसम्म थप ४ जना पक्राउ गरिएको ढुङ्गानाले बताए।

सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए। नेपालमा एकैपटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो।

‘तथ्य खुल्न बाँकी छ। फरार व्यक्तिको खोजी भइरहेको छ’, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .